‘प्रधानमन्त्री कुलपति हुने व्यवस्था व्यवहारिक छैन’: प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विश्वविद्यालयहरूमा प्रधानमन्त्री कुलपति हुने व्यवस्था अव्यवहारिक भएको बताएका छन्।
शुक्रबार धुलिखेलमा भएको उच्च शिक्षाका मापदण्डहरूमा एकरूपता र अन्तर्राष्ट्रियकरणबारे राष्ट्रिय उपकुलपति सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले भने,‘प्रधानमन्त्री सबै विश्वविद्यालयमा कुलपति हुने व्यवस्था निश्चय नै व्यवहारिक होइन,यो अव्यवहारिक छ,तर त्यसको विकल्प खोज्दा विश्वविद्यालयहरूको नेतृत्व चयनदेखि तार्किक कार्यक्रम सञ्चालन सम्म कुनै निहित स्वार्थयुक्त समूहमा नपरून भन्नेमा पनि उत्तिकै सहज हुन जरूरी छ, नयाँ विकल्प खोज्न सकिन्छ।’
उनले प्राविधिक उच्च शिक्षा प्राप्तिका लागि दक्ष शक्तिको लागि लगानी आवश्यक रहेको तर पर्याप्त मात्रामा राज्यले लगानी गर्न नसकेको बताए।
‘नेपालमा विश्वविद्यालय खोल्न होड छ,तर,विद्यार्थीहरूको अभावले संकट छ,रोजगारी सिर्जना हुन सकेको छैन,’उनले भने। उनले विश्वविद्यालयको एकीकृत क्यालेन्डर कार्यान्वयन भइरहेको पनि बताए।
उनले उच्च शिक्षालाई प्रत्यक्ष दलगत राजनीतिक क्रिडास्थल नबनाउन आफू दृढ रहेको बताए।
सरकारको कार्य विभाजन नियमावली अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई ४८ वटा काम कर्तव्यहरू विभाजन गरिएको छ। जसमा सरकार सञ्चालनदेखि लिएर मातहतका निकायको नियन्त्रण, निर्देशनसम्मका काम पर्छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल यतिखेर ५० भन्दा बढी निकायका अध्यक्ष, संरक्षक तथा कुलपति छन्।
विश्वविद्यालय, अनुसन्धान निकाय तथा शैक्षिक प्रतिष्ठानहरूमा प्रधानमन्त्री नै कुलपति रहने व्यवस्था गरिएको हुन्छ। यसबाहेक मन्त्रालयपिच्छेका परिषद्, समिति र आयोगका अध्यक्ष पनि प्रधानमन्त्री हुन्छन् भने मुलुकको विकास र नीति निर्माणमा महत्त्वपूर्ण भूमिका भएका लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, राष्ट्रिय विकास परिषद्जस्ता निकायको अध्यक्षको जिम्मेवारी पनि प्रधानमन्त्रीकै थाप्लोमा हुन्छ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












