धनगढी उपमहानगरपालिकाले सिफारिसका आधारमा बिरामीको निःशुल्क उपचार गर्ने
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने भएका छन् । उपमहानगर र निजी अस्पतालको छाता सङ्गठन अफिनबीच स्थानीय सरकारको सिफारिसका आधारमा विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने सहमति भएको हो ।
निःशुल्क उपचार सेवा लिने व्यक्तिले सम्बन्धित वडा कार्यालयमा निवेदन दिएर वडाको सिफारिसको आधारमा उपमहानगरले निःशुल्क उपचार गर्नका लागि अस्पताललाई पत्र लेखी पठाउने नगरप्रमुख गोपाल हमालले बताए । आकस्मिक सेवाका लागि आएका लक्षित वर्गलाई सिफारिस नभए पनि सम्बन्धित अस्पतालले प्राथमिक उपचार निःशुल्क प्रदान गर्ने छ भने थप उपचारका लागि सिफारिस माग गर्नुपर्ने उनले जानकारी दिए ।
प्रमुख हमालका अनुसार लक्षित वर्गलाई निःशुल्क सेवा दिनका लागि अस्पतालले कूल शय्यामध्ये १० प्रतिशतमा निःशुल्क शय्या भनी लेख्नु पर्नेछ । सिफारिस लिएर आएका बिरामीलाई अस्पतालले चिकित्सक परामर्श, नर्सिङ, अक्सिजन, रेडियोलोजी, प्याथोलोजीलगायत सेवा निःशुल्क दिनुपर्ने जनाइएको छ ।
बिरामीको उपचारमा लाग्ने सम्पूर्ण औषधिमा १० प्रतिशत छुट दिनुपर्ने हमालले बताउनुभयो । उनका अनुसार अस्पतालले मासिक रूपमा निःशुल्क उपचार गरेको प्रतिवेदन उपमहानगरमा पठाउने सम्झौता भएको छ । सम्झौता अनुसार उपमहानगरको सिफारिसका आधारमा धनगढीका सबै निजी अस्पतालमा यही मङ्सिर २५ गतेदेखि विपन्न, असहाय र बेवारिसे व्यक्तिको निःशुल्क उपचार गरिनेछ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












