डडेल्धुरा पुगेर ‘जय नेपाल’ भन्दै ओलीले गरे देउवालाई फोन
काठमाडाैँ । मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा पुगेका छन्।
बिहीबार बिहान बैतडीको झुलाघाटमा ‘समृद्धिका लागि संकल्प यात्रा’ को उद्घाटन गरेर अघि बढेको अध्यक्ष ओलीसहितको टोली डडेल्धुरा पुगेको हो।
नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला पुगेपछि ओलीले देउवालाई टेलिफोन सम्पर्क गरेका छन्।
उनले भनेका छन्, ‘मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला । यहाँ आएपछि उहाँलाई कल गरौं भन्ने लाग्यो । उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नु भयो। धन्यवाद शेरबहादुरजी ।’ ओलीले आफू देउवाको गाउँ गन्यापुधरा नजिकै रहेको भन्दै फोन गरेका थिए । अमरगढी बजारबाट नजिकै आफू बसेको उनले देउवालाई बताएका थिए । साथै उनीहरूबीच हालखबर सोध्नु भएको थियो । ओली बिहीबार साँझ डडेल्धुरा पुगेका थिए ।
ओलीको सचिवालयले यो गुडविल कल मात्र भएको बताएको छ । यो फोनमा कुनै राजनीतिक कुराकानी भने नभएको बताइएको छ । तर, अहिलेको सत्ता गठबन्ध भत्काउने सुत्र खोजिरहेका ओलीले सत्ता गठबन्धनका मुख्य नेता देउवालाई फोन गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
एमालेले बिहीबार मध्यपहाडी लोकमार्ग यात्रा सुरु गरेको छ । बैतडीको झुलाघाटबाट ओलीले यात्रा उद्घाटन गरेका थिए । यो यात्रा मध्यपहाडी लोकमार्गको जिरो प्वोइन्ट पाँचथरको चिवा भञ्ज्याङ पुगेर सकिनेछ । अभियान १९ दिनसम्म चल्नेछ । आज ओली डडेल्धुरामा छन् । त्यहाँबाट यात्रा आज डोटीको सिलगढी पुग्नेछ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












