इजरायलमा लडाई जारी, प्रधानमन्त्री भने भ्रष्टाचारको मुद्धामा अदालतमा
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको भ्रष्टाचारको मुद्दामा फेरि सुनुवाइ शुरु भएको छ । गाजापट्टीमा हमाससँगको युद्धका बावजुद हिजोदेखि उहाँको मुद्दा फेरि सुनुवाइ शुरु भएको हो ।
इजरायलको दक्षिणपन्थी लिकुड पार्टीका नेता नेतन्याहूमाथि घूस, जालसाजी र विश्वासघातको आरोप छ । लिकुड पार्टीका मन्त्री डेभिड अम्सालेमले युद्धको समयमा प्रधानमन्त्रीमाथि लागेको मुद्दाको कारबाही प्रकृया शुरु गर्नु ‘अपमानजनक’ भएको टिप्पणी गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) ले अक्टोबर ७ तारिखमा दक्षिणी इजरायलमा आक्रमण गरेपछि निरन्तर लडाइँ चलिरहेको छ । नेतन्याहू र उहाँका सहयोगीले आरोपहरू राजनीतिकरुपमा प्रेरित भएको तर्क गर्दै न्यायिक सुधारको प्रस्ताव गरेका छन् ।
यो सुनुवाइ अझै केही समय चल्ने अनुमान गरिएको छ । सन् २००७ देखि २०१६ को बीचमा नेतन्याहूले एक लाख ९५ हजार अमेरिकी डलर बराबरको उपहार प्राप्त गर्नुभएको थियो । उहाँले उपहारहरू मित्रबाट स्वीकार गरेको र आफूले नमागेको बताउनुभएको छ ।
Comments
अरु समाचार
-
यू–२० महिला भलिबलमा तेस्रो भएर फर्कियो नेपाली टोली
काठमाडौं । यू–२० महिला भलिबल च्याम्पियनसिप तेश्रो स्थान हाँसिल गरेको नेपाली भलिबल टिम स्वदेश फर्किएको छ । माल्दिभ्सको मालेमा यू-२०...
-
भारत वुमन्स एसिया कपको फाइनलमा, नेपाल समूह चरणबाट बाहिरियो
काठमाडौं । नेपाल एसीसी वुमन्स एसिया कप २०२४ को समूह चरणबाटै बाहिरिएको छ । भारत भने ३ खेलमा अपराजित रहँदै...
-
महिला एसिया कप क्रिकेटमा आज नेपाल र भारतको भिडन्त
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा नेपालले आज भारतको सामना गर्दैछ। समूह चरणको अन्तिम खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग...
-
महिला एसिया कपः नेपाल र पाकिस्तान भिड्दै
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तानको...
-
महिला एसिया कपः नेपालले आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको एसीसी महिला एसिया कप छ। नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको...
-
एशिया कप टी–२० क्रिकेट: यूएईविरुद्ध नेपालले पहिले फिल्डिङ गर्ने
काठमाडौं । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता नेपालले टस जितेको छ । नेपालकी कप्तान इन्दु बर्माले श्रीलङ्काको दम्बुलामा टस...
-
राष्ट्रपति पौडेलले गरे पेरिस ओलम्पिकमा भाग लिने खेलाडीलाई बिदाइ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जान लागेका नेपाली खेलाडीहरूलाई सफलताको शुभकामना दिएका छन्।...
-
महिला एसिया कप टी-२० क्रिकेटः उद्घाटन खेलमा आज नेपाल र यूएई खेल्दै
काठमाण्डौ । महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगिता आजदेखि श्रीलंकामा शुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र यूएई खेल्दैछन् ।...
-
अर्जेन्टिनाले जित्यो कीर्तिमानी १६औं पटक कोपा अमेरिका उपाधि
काठमाडौं । कोपा अमेरिका २०२४ को उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनल खेलमा कोलम्यिबालाई १–० गोल अन्तरले हराउँदै उपाधि रक्षा...