ताजा समाचार

विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएपछि नेकपाद्वारा आन्दोलन घोषणा

काठमाडाैँ । महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ पुर्जी जारी गरेको विराधेमा नेपाल कम्युनिस्ट पार्टीले आन्दोलन घोषणा गरेको छ ।

सरकारसँग भएको सम्झौताविपरीत विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको भन्दै नेकपाले आन्दोलन घोषणा गरेको हो ।

आन्दोलन अनुसार आज मसाल जुलुस प्रदर्शन गर्ने, भोलि न्यायाधीशको पुत्ला जलाउने र २१ गते २ बजे देशव्यापी जनप्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।

जिल्ला अदालत काठमाडौंले विप्लवसहित सो पार्टीका नेताहरू खड्गबहादुर विश्वकर्मा प्रकाण्ड, माइला लामा तथा राजु कार्कीविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतको सूचनाअनुसार उनीहरूविरुद्ध राज्यविरुद्धको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org