आजदेखि यू-१९ एसिया कपः दुई खेल हुँदै,नेपाल पाकिस्तानसँग भिड्ने
काठमाडौं। आजदेखि एसिसी यू-१९ एसिया कप संयुक्त अरब इमिरियट्स (युएई)मा सुरु हुँदैछ। शुक्रबार नेपालको युवा टिमले पाकिस्तानको युवा टिमसँग प्रतिस्पर्धा गर्दैछ।
समूह ‘ए’मा रहेको नेपालले पाकिस्तान, भारत र अफगानिस्तानसँग खेल्दैछ। दोस्रो चरणमा प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ। नेपालका लागि शुक्रबार बिहान ११ स् १५ बजे सुरु हुने पाकिस्तान विरुद्धको खेल सबैभन्दा महत्त्वपूर्ण हुनेछ। समूह ‘बी’ मा आयोजक युएई, जापान, बङ्गलादेश र श्रीलङ्का छन्।
दोस्रो चरण प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। नेपाली टोलीले एसिया कपको उपाधिको सपना देखेको छ। नेपाली टोलीका मुख्य प्रशिक्षक जगत् टमटाले राम्रो खेल्दै उत्कृष्ट नतिजा निकाल्ने विश्वास व्यक्त गरेका छन्।
नेपालको युवा टोलीले एक महिनाअघि मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कप उपाधि जितेर एसिया कपमा स्थान बनाएको हो। एसिया कपलाई एक महिनापछि दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ विश्वकप तयारीको रूपमा लिइएको छ।
नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ। नेपाल र पाकिस्तानसँगै आजै अफगानिस्तान र भारतबीचको खेल हुँदैछ। नेपालले अर्को खेल मसिंर २४ गते अफगानिस्तान र २६ गते भारतसँग खेल्नेछ। समूह चरणका खेल सकिएपछि मंसिर २९ गते सेमिफाइनलका दुई खेल हुनेछन् भने पुस १ गते फाइनल छ।
यू-१९ नेपाली टोली
देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे, हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापामगर, विपिन रावल, तिलक राजभण्डारी, आकाश चन्द र दीपक बोहरा।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












