‘द भ्वाइस अफ नेपाल सिजन-५’: साेलुखुम्बुका कुमार प्रयास राईलाइ जिताउन अपिल
काठमाडौं । काठमाडौंमा आयोजित एक कार्यक्रमका सहभागीहरुले ‘द भ्वाइस अफ नेपाल सिजन-५’ का प्रतिस्पर्धी कुमार प्रयास राईलाइ जिताउन अपिल गरेका छन् । कुमार प्रयास राई जिताऔं अभियान समितिले शुक्रबार आयोजना गरेको कार्यक्रमा सहभागी वक्ताहरुले राईलाई जिताउन अपिल गरेका हुन् ।
कार्यक्रममा राजनीतिक दलका नेता, समाजसेवी, उद्यमी/व्यवसायी, कलाकार लगायतले ‘द भ्वाइस अफ नेपाल’ मा राईलाइ जिताउन आग्रह गरे । सोलुखम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले कुमार प्रयास देशकै प्रतिभावान कलाकार देखिएकाले सिजन ५ मा जिताउन आग्रह गरे ।
वरिष्ठ समाजसेवी तथा व्यवसायी वसन्त वनले प्रतिभावान कलाकार कुमार प्रयासलाई जिताइए देशमा एक प्रतिभावान कलाकारको उदय हुने जनाए ।
कार्यक्रममा अग्रज बलराम गुरुङ,युवा व्यवसायी यशबहादुर राइलगायतले सोलुखम्बुको दुर्गम गाउँमा जन्मिएका प्रतिभालाई जिताउनु पर्नेमा जोड दिए । कुृमार प्रयास राई जिताऔं अभियान समितिका संयोजक पूर्ण राईले कुमार प्रयासलाई सिजन ५ मा जिताइए सगरमाथा बेस क्याम्पमा पुगेर सेलेब्रेशन गर्ने जनाए । कार्यक्रमको सुरुवातमा मदन राईले कुमार प्रयासलाई जिताउन खोज्नुको उद्देश्यको सम्बन्धमा प्रकाश पार्दै स्वागत मन्तब्य व्यक्त गरेका थिए ।
सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका लोखिम स्थायी घर भएका राई ‘द भ्वाइस अफ नेपाल सिजन ५’ को भोटिङ राउण्डमा प्रवेश गरेका छन् । उनले आफ्नो प्रस्तुतीको कदर गर्न आग्रह गरे । उनले दर्शक तथा शुभचिन्तकले आफूलाई जिताउनेमा आशावादी भएको जनाए । ‘तिमी तारे भीर म त लहरा’ भन्ने बोलको आधुनिक गीत गाउँदै कुमारले तीन वटा कोचको कुर्सी घुमाएका थिए । सुमधुर स्वरमा गीत गाएर कोच र दर्शकलाई मन्त्रमुग्ध पारेका थिए । उनले गीत गाइसकेपछि दर्शकबाट ‘वान्स मोर’ भनेर हुटिङ भएको थियो ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












