आजको राशिफलः २०८० साल मंसिर २४ गते आइतबार
मेष : अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले उपलब्धि दिलाउन सक्छ। बुधबारदेखि रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। आँट गर्दा ठूलै काम सम्पादन हुन सक्छ। सप्ताहान्तमा विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। प्रेमको बन्धन कसिलो हुनेछ।
वृष : साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। शुभचिन्तकहरू टाढा हुनाले दुस्ख पाइनेछ। बुधवारदेखि अध्ययनमा प्रगति हुनेछ। नयाँ कार्य थालनी गर्न सकिनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। सप्ताहान्तमा रमाइलो यात्रा र विशेष भेटघाट हुने सम्भावना छ।
मिथुन:अवसरवादीहरूबाट जोगिएर काम गर्नुहोला। शुभचिन्तकहरू टाढा हुनाले दुस्ख पाइनेछ। अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। केही काम रोकिए पनि व्यापार–व्यवसायमा फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कर्कट: परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आत्मसम्मानका लागि मौन रहनु बेस हुनेछ। भौतिक साधनको कमीले व्यवहारमा अप्ठ्यारो पर्न सक्छ। सप्ताहान्तमा चिताएको काम बन्नाले प्रशस्त फाइदा पनि हातलागी हुनेछ।
सिंह : बुधवारदेखि परिस्थिति अनुकूल बन्दै जानेछ। लगनशीलताले दाम, नाम र इनाम दिलाउन सक्छ। अभिव्यक्ति कला निखारिनेछ भने प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। पुराना साथीभाइसँग भेटघाट गर्ने मौका जुट्नेछ। सप्ताहान्तमा भने आफ्नाले धोका दिनेछन्।
कन्या: आफन्तहरू टाढा हुनेछन्। तापनि मिहिनेतीहरूलाई विशेष अवसर प्राप्त भइरहनेछन्। बुधबारदेखि कीर्तिमानी काम सुरु हुनेछ।प्रतिष्ठित काम गर्ने मौका प्राप्त हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नेछन्। धेरैलाई प्रभावित बनाउन सकिनेछ।
तुला : पेसा र व्यापारमा मनग्गे लाभ हुनेछ। बुधवार र बिहीवार लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ। आकस्मिक खर्च बढ्नाले अर्थअभाव समेत देखापर्नेछ। बलजफ्ती गर्दा काम बिग्रनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। विवादास्पद काम गर्नुपरे पनि मिहिनेत गर्दा काम सम्पादन हुनेछन्।
वृश्चिक: खर्च लागे पनि दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर छ। लगनशीलताले प्रसिद्धि पनि बढ्नेछ। मिहिनेतले दाम र इनाम दिलाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा फजुल खर्च बढ्नेछ। समयमा ध्यान नदिनाले मनको डरले सताउन सक्छ।
धनु :समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम अघि बढ्नेछ। समुदायको हक हितको संरक्षण हुने काम गर्न सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। सप्ताहान्तमा मिहिनेतले कीर्ति राख्ने अवसरसमेत प्रदान गर्नेछ।
मकर : अर्थ अभावले पनि सताउने देखिन्छ। संघर्षको यात्रा सुरु हुनेछ। अरूका लागि आफ्नो महत्त्वपूर्ण समय खर्चनुपर्ला। सप्ताहान्तमा टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ।
कुम्भ : व्यावसायिक काममा राम्रो फाइदा हुनेछ। बुधवारदेखि रमाइलो परिस्थितिलाई वादविवादले खलबल्याउने देखिन्छ। काम बिग्रने भयले सताउनेछ। समस्या दर्साउँदा सहयोगीले भने साथ दिनेछन्। अठ्यारो परिस्थतिले स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ।
मीन : व्यवसायका लागि यात्रा गर्ने साइत पनि जुर्न सक्छ। मन मिल्ने साथीसँग रमाइलो भेट हुन सक्छ। मित्रता र प्रेमको गाँठो कसिने समय छ। सप्ताहान्तमा स्वास्थ्य कमजोर रहला। अर्थ अभावले पनि समस्या निम्त्याउन सक्छ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












