पहाडी भूभागमा हल्का वर्षाको सम्भावना,तराईमा हुस्सु
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही तराई भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
Comments
अरु समाचार
-
दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सैन्य शासनको घोषणा
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलले सैन्य शासन लागू गरेका छन् । मंगलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन...
-
मंसिर २८ लाई तोकियो पत्रकार महासंघको निर्वाचन, कार्यतालिका सार्वजनिक
काठमाडौं। नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार मंसिर २१ गते शुक्रबार उम्मेदवार मनोनयन...
-
उपराष्ट्रपति यादव र कतारका राजदूत अन्सारीबिच भेटवार्ता
काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अलि अल अन्सारीबिच भेटवार्ता भएको छ । मङ्गलबार...
-
प्रधानमन्त्री ओली र सिपिसी अध्यक्षबीच भेटवार्ता
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का स्थायी कमिटी अध्यक्ष झाव लेजीबीच...
-
चितवनको लगातार दोस्रो जित
काठमाडौं। सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेञ्जर्सले लज्जास्पद हार बेहोरेको छ । चितवन राइनोजले दिएको १६२ रनको लक्ष्य...
-
थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुग्यो
काठमाडौं । दक्षिणी थाइल्याण्डमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २५ पुगेका अधिकारीहरूले मङ्गलबार बताएका छन् । अझै केही दिनसम्म भारी...
-
नेप्से परिसूचक १७ दशमलव ८० अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा...
-
एनपीएलमा ‘बेटिङ’ गरेको आरोपमा चारजना पक्राउ
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा ‘बेटिङ’ गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट खेल...
-
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपतिबिच शिष्टाचार भेट
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सी चिनफिनसँग शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा...