एमालेको अभियान अवरोध गरेर पहिचानवादीले आफ्नै मुद्दा असफल बनाए: पोखरेल
काठमाडाैँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पहिचानको नाममा एमाले केन्द्रित विरोधलाई जनताको तहमा अस्वीकार गरिएको दावी गरेका छन्।
विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनले धनकुटामा अध्यक्ष ओलीमाथि भएको गलत प्रयास भए पनि मिडियाले सही सूचना सम्प्रेषण नगरेको गुनासो गरे।
एमालेले साझा पहिचानको कुरा गरेको बताउँदै उनले एकल पहिचानको मुद्दा लिएर चुनावमा जानेहरू नै कोशीको पक्षमा आएको बताए।
त्यसकारण पहिचानवादीले एमालेसँग गुनासो गर्न आवश्यक नभएको उनको भनाइ छ। ‘नामको विषयमा असहमति राख्नेहरूले भोट नहालेको भए भइजान्थ्यो नि, अहिले यो वितण्डा मच्चाउन आवश्यक नै थिएन नि’, उनले भने, ‘एमालेले जनतामा भनेको एजेन्डा नै लागू गरेको हो। जे भएको छ, कोशीमा जायज छ।’
पहिचानको कुरा गर्नेहरूले वैधानिक हिसाबले शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने पोखरेलले सुझाव दिए।
मध्यपहाडी पुष्पलाल लोकमार्गको लम्बाइ घटाउनुपर्ने समेत उनले बताए। एमालेको संकल्प अभियानमा लोकमार्गको प्राविधिक अडिट गर्न प्राविधिकहरूलाई जिम्मा दिएको उनले बताए।
प्रारम्भिक रिपोर्टमा प्राविधिकहरूले मध्यपहाडी राजमार्गलाई समृद्धिसँग जोड्नका लागि ४ सय किलोमिटर लम्बाइ घटाउनुपर्ने पोखरेलले बताए। यात्राको क्रममा कतिपय जिल्लामा सर्वदलीय जस्तो बनेको, साझा समस्याहरू धेरै प्रस्तुत भएको बताउँदै सडक र मुआब्जाका विषयहरू धेरै उठेको पोखरेलले बताए।
यात्रामा आफूहरूलाई जनताले लगाएको माला जम्मा गर्ने हो भने फूलको पहाड हुनसक्ने अवस्था देखिएको भन्दै पोखरेलले यात्राले पहाडी क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थ राजनीतिमा नयाँ नयाँ योगदान दिएको दावी गरे। एमाले अध्यक्ष केपी ओलीप्रति वृद्धवृद्धा र बालबालिकामा अत्यन्तै आकर्षित रहेको पाइएको भन्दै उनले यात्राको क्रममा जनताले स्वतः स्फूर्त धेरै कार्यक्रम आयोजना गरेको पनि दावी गरे।
पुष्पलाल राजमार्गमा एमाले सरकार हुँदा स्मार्ट सिटि बनाउने योजनाहरू अलपत्र रहेको बताउँदै पोखरेलले मध्यपहाडलाई गुल्जार बनाउन स्मार्ट सिटीहरू बनाउनु आवश्यक भएकोमा जोड दिए।
यात्राको क्रममा सुन्तला र स्याउको पकेट क्षेत्र बनाउन सकिने देखिएको, दैलेखको पेट्रोल खानी, नदी डाइभर्सनको काम भइरहेको उनले बताए। कतिपय आयोजनाको काम छिटो हुँदा पनि भुक्तानी रोकिएको उनले बताए।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












