भरतपुरमा राडारजडित क्यामरा जडान गरिने
काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाले महानगरभित्र राडारजडित क्यामरा जडान गरिने भएको छ । मुख्य सहरी क्षेत्रमा महानगरले चार सय १६ उच्चस्तरीय राडारजडित क्यामेरा जडान गर्न लागिएको हो ।
यसरी सडकमा जडान गरिएका क्यामराले तीव्र गतिमा गुडिरहेको सवारीसाधनको पहिचान गरी त्यसको अभिलेख प्रहरी कार्यालयको नियन्त्रण कक्षमा रहेको सर्भर र क्यामरा दुवैमा रहने छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार महानगरभित्र पहिलो चरणमा एक सय ३७ क्यामेरा जडान गर्ने योजना छ । स्थान छनोट, उपकरण र प्राविधिक विषयमा प्रहरीले अध्ययन गरिरहेको उनले बताउए।
प्रहरी नायब उपरीक्षक पण्डितले भने “क्यामरा जडान गर्न प्राविधिक र सुरक्षाको काम प्रहरीले गर्छ । अन्य काम महानगरपालिकाले गर्ने छ ।” पहिलो चरणमा महानगरको मुख्य बजार क्षेत्र र राजमार्गमा क्यामेरा जडान गर्न लागिएको उनले जनकारी दिए । राजमार्गमा तीव्र गतिका कारण हुने सडक दुर्घटना तथा अन्य आपाराधिक घटना बढ्दै गएका र त्यसको छिटो पहिचानका लागि यस प्रकारका क्यामरा सहयोगी हुने प्रहरी नायब उपरीक्षक पण्डितले बताए ।
“यसबाट ट्राफिक व्यवस्थापनमा सहज हुने छ । ट्राफिक प्रहरीलाई सडकमा उभिनु पर्दैन”, उनले भने।
महानगर उपप्रमुख चित्रसेन अधिकारीले महानगरका २९ वटै वडामा क्यामेरा जडान गरिने बताए। “यहाँका बासिन्दाको सुरक्षामा चुनौती थपिँदै गएको छ । जनतालाई सुरक्षित महसुस गराउन क्यामेरा जडान गर्न लागिएको हो”, उनले भने। भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाका अनुसार सबै वडामा क्यामेरा जडानका लागि करिब रु १० करोड खर्च हुने छ ।
Comments
अरु समाचार
-
बालुवाटारमा आमाछोराको अन्तरंग, गोरखा टू काठमाडाैंः खास के पाक्दैछ ?
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट गोरखा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका सुदन गुरुङको चलखेल शुरु भएको छ ।...
-
नेपाल चीन सम्बन्ध ७० वर्ष पुग्नै लाग्दा काठमाडाैंमा भव्य कार्यक्रम
काठमाडाैं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुरा हुन लागेको अवसरमा काठमाडाैंमा एक बिशेष कार्यक्रम आयोजना गरिएको...
-
हर्क साम्पाङले गरे उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले शनिबार बुटवलमा गरेको सम्बोधनलाई लिएर पार्टीका उपाध्यक्ष डा. मित्र परियारलाई कारबाही गरेका...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
भ्रष्टाचार न्यूनिकरणमै थप समय खर्चिनेछुः किशोर सिलवाल
काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल उमेरहदका कारण मंगलबारदेखि अवकाशमा गएका छन् । २०७७ माघ २१ गते...
-
जेनजी आन्दोलनमा आगो झोस्ने ऊर्जामन्त्री कुलमानविरुद्ध सर्वोच्चको झड्का, हितेन्द्रले कसरी पाए न्याय ?
काठमाडौं । जेनजी आन्दोलनको बेला सर्वोच्चका न्यायाधीशदेखि पूर्वऊर्जामन्त्री दीपक खड्का र हितेन्द्रदेव शाक्यको घर जलाउन आफ्ना मान्छे परिचालन गरेको आरोप...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...











