सन्दीपको मुद्दामा आज बहस सकिंदै,आजै फैसलाको संभावना
काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेको मुद्दामा आज फाइनल बहस सकिंदै छ।
सन्दीप पक्षबाट दुइजना कानुन ब्यबसायीले बहस गरेपछि जाहेरीकर्ताले जवाफी बहस गरेसँगै आज बहस सकिने छ।
गत आइतबारदेखी काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा मुद्दाको फाइनल बहस सुरु भएको छ।
सोमबार र मंगलबार सार्वजानिक विदा परेपछि बुधबारबाट निरन्तर बहस हुँदै आएको मुद्दामा आज लन्च समय सम्ममा बहस सकिने छ।
त्यसपछि जवाफी बहस सकिएसँगै न्यायाधीशले फैसला लेखेपछि जिल्ला अदालतबाट मुद्दाले किनारा पाउने छ। शुक्रबार पनि १०ः३० देखी बहस निरन्तर सुरु हुने छ। सन्दीप पक्षबाट बरिष्ठ अधिबक्ता रमन कुमार श्रेष्ठ र सन्दीपका कानुन ब्यबसायी सरोज कृष्ण घिमीरेले आज बहस गर्ने छन्।
सन्दीपका कानुन ब्यबसायी सरोज कृष्ण घिमीरेले आफ्नो तर्फबाट आज लन्च समय सम्ममा बहस सकिने बताए।
उनले भने,‘संभवत आज मुद्दाले किनारा पाउने छ। हाम्रो तर्फबाट बहस लन्च ब्रेक अघि सकिने छ।’ उनले जवाफी बहसमा पनि धेरैजनाले बहस नगर्ने भएकाले धेरै समय नलाग्ने भएकाले आजै फैसला हुने सम्भावना रहेको बताए।
यसअघि ११ वैशाखमा पहिलो पटक सर्वोच्चको आदेशपछि फाइनल सुनुवाइ सुरु भएको थियो। न्यायाधीश दीपक ढकालको इजलासमा सरकारी पक्षका वकिलहरुले ४ घण्टा बढी बहस गरिसकेका थिए।
न्यायाधीशले इजालासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर निरन्तरता दिने आम प्रचलन रहे पनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराखेर हेर्न नभ्याइने आदेश गरेपछि बहस अर्थहीन हुँदै मुद्दा फेरि लम्बिन पुगेको थियो। यो पटक भने मुद्दाले किनारा पाउन लागेको हो।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












