सरकारप्रति सीके राउतको तीव्र आक्रोश– पार्टी सरकारमा छ भन्दैमा रातलाई दिन भन्न सकिँदैन
काठमाडाैँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको एक घटक जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारप्रति तीव्र आक्रोश पोखेका छन् ।
उनले पार्टी सरकारमा छ भन्दैमा रातलाई दिन भन्न नसक्ने उल्लेख गरेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका राउतले पछिल्ला दिनमा सामाजिक सञ्जालमार्फत सरकारप्रति निरन्तर आक्रोश पोखिरहेका हुन् ।
‘हाम्रो पार्टी सरकारमा छ भन्दैमा मैले रातलाई दिन, दिनलाई रात भन्दिनुपर्ने ? गलतको विरोध मैले निजीरूपमा पनि गर्न नपाउने ? त्यही चाहना गठबन्धनको ? त्यही अपेक्षा जनताको पनि ?’ राउतले सामाजिक सञ्जाल ट्वीटरमा प्रश्न गरेका छन् ।
प्रचण्ड सरकारमा जनमत पार्टीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिएर सहभागी भएको छ ।
राउतले ललितपुरको बालकुमारीमा दुई जनाको मृत्यु भएको घटनालाई लिएर ‘भ्रष्ट राज्यले रोजगारी दिएन छातीमा गोली दियो’ भन्दै आक्रोश व्यक्त गरेका थिए ।
‘अङ्गप्रत्यङ्ग बिकेको यो भ्रष्ट राज्यले युवालाई शिक्षा दिएन, स्वास्थ्य सेवा दिएन, रोजगारी दिएन । बा–आमालाई लागेको ऋण चुकाउन विदेश जान लाग्दा पनि कमिसनखोर मन्त्री र कर्मचारीहरूको सिन्डिकेटले अनेक बहानामा पैसा असुल गर्न अवरोध खडा गर्यो र छातीमा गोली ठोकिदियो,’ सीकेले सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त गरेका छन् ।
हेर्नुहोस्, ट्वीट :
हाम्रो पार्टी सरकारमा छ भन्दैमा मैले रातलाई दिन, दिनलाई रात भन्दिनु पर्ने? गलतको विरोध मैले निजीरूपमा पनि गर्न नपाउने? त्यसोभए त्यही सरकारले दिएको नागरिकता बोकेर, सेवा लिएर,त्यही सरकारले गरेको निर्वाचनमा मतदान गरेर, तपाईंले बनाएको सरकारको तपाईंले पनि कसरी विरोध गर्न सक्नुहुन्छ? pic.twitter.com/lcAM0wqSmy
— Dr. CK Raut (@drckraut) December 30, 2023
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












