इंग्लिस प्रिमियर लिगमा लिभरपुलको अग्रता कायमै
काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सानदार जित निकालेको छ । आज मंगलबार बिहान सम्पन्न खेलमा न्यूक्यासललाई ४–२ गोलले हराउँदै लिभरपुल विजयी भएको हो ।
लिभरपुलका मोहमद सलाहले दुई तथा कर्टिस जोन्स र कोडी गाक्पोले एक–एक गोल गरेका थिए । यस्तै, न्यूक्यासलका अलेक्जेन्डर इसाक र स्वेन बोटम्यानले एक–एक गोल फर्काएका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दुवै पक्षले दोस्रो हाफमा गोल गरेका थिए ।
खेलको ४९औ मिनेटमा गोल गर्दै लिभरपुलका सलाहले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५४औँ मिनेटमा न्यूक्यासलका इसाकले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
यस्तै, ७४औँ मिनेटमा कर्टिस र ७८औँ मिनेटमा कोडीले गोल गर्दै लिभरपुल ३–१ को अग्रता दिलाए । त्यसपछि ८१औँ मिनेटमा न्यूक्यासलका बोटम्यानले गोल गरे पनि न्यूक्यासललाई हारबाट जोगाउन सकेनन् । यो खेलपछि लिभरपुल २० खेलबाट ४५ अंक जोडेर तालिकाको शीर्षस्थानमा यथावत रहेको छ । भने पराजित भएको न्यूक्यासल २९ अंकका साथ तालिकाको नवौँ स्थानमा छ ।
Comments
अरु समाचार
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...












