प्रशासनिक निर्णय मन्त्रिपरिषद्मा लैजाने परिपाटी अन्त्य हुनुपर्छ: अख्तियार प्रमुख राई
काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले प्रशासनिक निर्णय मन्त्रिपरिषद्मा लैजाने परिपाटी अन्त्य गर्नुपर्ने बताएका छन् । प्रदेश सरकार तहमा नीतिगत निर्णय मन्त्रिपरिषद् र प्रशासनिक निर्णय प्रशासनिक तहमै हुने कुराको सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ ।
आइतवार दाङको भालुवाङमा ‘भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनसम्बन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम’मा बोल्दै प्रमुख प्रमुख आयुक्त राईले नीतिगत निर्णय के हो र के होइन ? भन्ने विषयसमेत परिभाषित हुन आवश्यक रहेको बताए ।
उनले कर्मचारी भर्ना र सल्लाहकार राख्दा त्यसको औचित्यता र कानूनी आधारलगायत कुरामा ध्यान दिन आवश्यक रहेको बताए । सुशासन कायम गर्न सबैले कानूनले दिएको जिम्मेवारी पूरा गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
उपभोक्ता समितिमार्फत् काम गराउँदा समितिको क्षमताले गर्न सक्ने काम मात्र दिने र अरुलाई ठेक्का दिन नपाउने व्यवस्था गर्न जरुरी रहेको उनले बताए ।
कार्यक्रममा उनले सार्वजनिक सम्पत्ति र संरचना संरक्षण गर्ने जिम्मेवारी एक अर्कालाई पन्छाउने प्रवृत्तिको अन्त्य हुन आवश्यक रहेको बताए । सार्वजनिक सम्पत्ति संरक्षणमा सबैको सामूहिक जिम्मेवारी रहने उनको भनाइ थियो ।
लाभग्राही तथा लक्षित वर्गको पहिचानगरी औचित्य र आवश्यकताको आधारमा अनुदान वितरण गर्नुपर्ने उनले बताए ।
पारदर्शिता तथा समयभित्र निर्णय गर्ने संस्कृति बसाल्ने र राम्रा काम गर्ने कर्मचारीहरूलाई पुरस्कृत गर्नुपर्नेमा उनले जोड दिए । जिम्मेवारी पुरा नगर्ने कर्मचारीलाई कानूनी कारबाहीको व्यवस्था गर्नुपर्ने समेत उनको भनाइ थियो ।
सहभागीहरूले राखेको जिज्ञासा सम्बोधन गर्दै प्रमुख आयुक्त राईले आयोगमा परेका उजुरी तथ्य र प्रमाणका आधारमा छानबिनगरी टुंगो लगाउने बताए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफूले नेतृत्वको सरकारबाट बजेटको दुरुपयोग नहुने कुरामा आश्वस्त पारे । उनले विकास निर्माणका काम गर्दा भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी अनुगमन प्रणाली कार्यान्वयन गर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्यालले अख्तियारको कार्यक्रमबाट समग्र प्रदेशको सुशासन प्रवर्द्धन र कार्य सम्पादनमा थप प्रभावकारिता आउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा आयोगको कार्यालय, बुटवलका प्रमुख सहसचिव राजेन्द्रकुमार पौडेलले सहभागीहरूलाई स्वागत गर्दै कार्यालयको विवरणसहित कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्रीहरू, विभिन्न स्थानीय तहका प्रमुख/उपप्रमुखहरू, प्रदेश सरकारका सचिवहरू तथा संघीय तथा प्रादेशिक कार्यालयका प्रमुखहरू लगायतको उपस्थिति थियो ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












