केन्द्रीय क्याम्पसलाई सुन्दर बनाउँदै त्रिभुवन विश्वविद्यालय
कीर्तिपुर २५ पुस । उच्च शिक्षाको केन्द्र रहे पनि अव्यवस्थित परिसरका कारण आलोचना खेप्दै आएको त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसले सौन्दर्यीकरण थालेको छ । सौन्दर्यीकरणको सुरुआत ‘घडीघर’को नामबाट चिनिने मुख्य भवनको प्राङ्गणबाट गरिएको छ ।
विश्वविद्यालयका प्राचार्य प्रा डा ध्यानेन्द्रबहादुर राईका अनुसार सौन्दर्यीकरणको सुरुआत केन्द्रीय भवनअघिको जमिन मिलाउने कामबाट गरिएको छ । करिब १२ रोपनी फराकिलो सो जमिन विश्वविद्यालयकै आकर्षक थलो भए पनि जमिनको बनोट नमिलेका कारण उबड खाबड हुनुका साथै वर्षामा पानी जम्ने गर्दथ्यो । “जमिनको सतहलाई थोरै पूर्वतर्फ ओह्रालो बनाउने काम सकेपछि त्यहीँकै मौलिक झार हुर्कन दिएर बस्न हुने बनाउँछौँ, प्राविधिक योजनाअनुसार घाम नछेक्ने गरी ससाना बिरुवा रोप्ने र बस्ने बेन्च मिलाउँछौँ”, प्राचार्य राईले रासससँग भन्नुभयो । जमिन मिलाउने लगायतको काम अहिले धर्म निर्माण सेवा प्रालिले गरिरहेको जानकारी पनि उहाँले दिनुभयो ।
सौन्दर्यीकरणसहित त्रिवि अडिटोरियम हलको छाना मर्मत र प्राचार्य कार्यालयमा एक तला थप्ने काम समेत गरी तीनवटा प्याकेजको ठेक्का धर्म निर्माण सेवा प्रालिलाई दिइएको छ । कूल रु १५ लाखको कामका लागि छ महिनाको अवधि तोकिएको जानकारी पनि प्राचार्य राईले दिनुभयो । बल्खुबाट दक्षिणतर्फ कीर्तिपुरसम्म र बागमतीको पश्चिमी किनारादेख चोभारको सीमासम्म गरी कूल तीन हजार सात सय रोपनी क्षेत्रफल ओगटेको त्रिवि परिसर स्थापनाकालदेखि अहिलेसम्म पनि अव्यवस्थित छ ।
सबैतिर सीमा पर्खाल नहुनु, जथाभावी आवतजावत हुनु र परिसरमा रूखबिरुवाको व्यवस्थापन उचित नहुने जस्ता कारणले त्रिवि परिसर अव्यवस्थित देखिएको पनि प्राचार्य राई बताउनुहुन्छ । विभिन्न समयमा त्रिवि परिसरको सबैतर्फ पर्खाल लगाउनुपर्ने कुरा उठे पनि धेरै बजेट आवश्यक भएका कारण त्यतिकै सेलाएर जाने स्थिति छ । करोडौँ रुपैयाँ लाग्ने मोटामोटी अनुमान गरिए पनि यसका लागि प्राविधिक अध्ययन नभइसकेको कारण बजेट प्रस्ताव नगरिएको पनि उहाँले बताउनुभयो ।
परिसरमा आफैँ उम्रिएका झाडीहरु समयमै फाँड्न नसक्दा चितुवाको लुक्ने स्थान र परिसरमा आएर गाँजा खानेहरुको थलो बन्ने जस्तो समस्या पनि त्रिविले भोग्दै आएको छ । गत वर्ष मात्र दुईपटक चितुवा नियन्त्रणमा लिएर वनजन्तुसम्बद्ध निकायलाई हस्तान्तरण गरिएको छ । यसै गरी बेवारिसे छाडिएका गोरुहरु त्रिवि परिसरभित्र दुर्घटना तथा चितुवा पल्काउने प्रमुख कारण बन्न पुगेका छन् ।
यस्ता समस्यालाई निराकरण गर्न झाडी फाँड्न सुुरु गरिए पनि ठूलो क्षेत्र भएका कारण काम नसकिएको पनि प्राचार्य राई बताउनुहुन्छ । लामो समयदेखि व्यवस्थित क्याप्टेरिया नहुनुको अप्ठ्यारो पनि त्रिविले व्यहोर्दै आएको छ । त्यसको समाधानका लागि क्याप्टेरिया निर्माणतर्फ पनि त्रिवि लागिपरेको जानकारी प्राचार्य राईले दिनुभयो । यसका लागि पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा रहेको त्रिविको आधिकारिक परामर्शदातृ विभाग अध्ययन गरिरहेको र प्रतिवेदन दिन बाँकी रहेको पनि उहाँले बताउनुभयो ।
विसं २०२७ मा तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको क्याप्टेरियामा विद्यार्थीलाई प्रतिछाक रु तीनमा खान खुवाउने गरिन्थ्यो । चरम घाटामा गएको र प्रयास गर्दा पनि नसुध्रिएको भन्दै २०४८ सालमा तत्कालीन उपकुलपति केदारभक्त माथेमाले क्याप्टेरिया बन्द गराउनुभयो । उक्त भवनमा अहिले निजी स्तरमा दुईवटा चिया खाजा पसल चलिरहेका छन् ।
“कोही प्रतिष्ठित अतिथि विश्वविद्यालय भ्रमणमा आएका बेला गुणस्तरीय र सुरक्षित ढङ्गले भोजन गराउने अवस्था नभएका कारण क्याप्टेरिया निर्माणको तयारी गरेका हौँ”, उहाँले भन्नुभयो । विश्वविद्यालय परिसरको मुख्य स्थानमा सिसिटीभी क्यामेरा जडानको तयारी पनि प्राचार्य कार्यालयले थालेको छ । यसको परामर्शदाताका रुपमा त्रिविअन्तर्गतको आङ्गिक क्याम्पस पुल्चोकले काम गर्ने जनाइएको छ । सार्वजनिक शौचालय र पाँच सय जना अट्ने छात्रवासको निर्माण गर्ने योजना पनि त्रिविको छ ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












