जेलमै सुरु गरे बम्जनले योग-ध्यान
काठमाडाैँ । बाल यौन शोषणको अभियोग लागेका ‘तपस्वी’ रामबहादुर बम्जनले महाेत्तरीकाे जलेश्वर कारागारमै योग ध्यान सुरु गरेका छन्।
सर्लाहीको पत्थरकोट आश्रममा रहँदा एक किशोरीमाथि यौन सन्तुष्टि प्राप्त गर्ने गतिविधि तथा बाल यौन शोषण गरेको अभियोगमा बिहीबार जिल्ला अदालत सर्लाहीबाट पुर्पक्षका लागि जलेश्वर कारागार चलान भएका बम्जनले कारागारभित्रै योग ध्यान सुरु गरेका हुन्।
उनले आफू सुत्ने कोठामै योग ध्यान गर्न थालेका जलेश्व कारागारका प्रमुख (जेलर) रामचन्द्र साहले जानकारी दिए।
‘उनले साँझ बिहान आफू सुत्ने ओछ्यानमा योग ध्यान गर्न थालेका छन्,’ जेलर साहले भने, ‘उनी शान्त देखिन्छन्। अन्य कैदीबन्दीसँग घुलमिल हुँदै गएका छन्। अरु कैदीसँग पनि गफगाफ गरिरहेका हुन्छन्।’
अन्य कैदीबन्दीलाई पकाएको मेसको खाना खान अस्वीकार गरेका बम्जनलाई कारागारमा रहेका बाबा (जोगी)हरुसँगै साकाहारी खाना खाने व्यवस्था मिलाइएको छ।
‘उनले लसुन, प्याज र बेसार नहालेको खाना मागेपछि हामीले अन्य कैदीबन्दीलाई बनाएको खाना दिएका छैनौँ,’ जेलर साहले भने, ‘उनलाई बिहानको खाना आफन्तले नै ल्याइदिन्छन्, साँझको खाना जोगीहरुकै मेसमा खान्छन्।’ जलेश्वर कारागारमा विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका ५/७ जना जोगी छन्। बम्जनलाई पनि उनीहरुकै मेसमा साकाहारी खाना खाने व्यवस्था मिलाइएको हो।
‘म हिजो (शनिबार) रामबहादुर भएको ठाउँमा गएको थिएँ। तिमीलाई कस्तो छ भनेर सोध्दा मलाई ठिक छ, अब यतै ‘एडजस्ट’ हुन्छु। कोठामै योग ध्यान गर्छु। त्यसको आफ्नै टाइम टेबल छ। भन्ने कुरा गरे,’ जेलर साहले भने।
बम्जनलाई सुत्ने ओछ्यान छुट्टै दिए पनि छुट्टै कोठामा नराखिएको उनले बताए। अन्य कैदीबन्दीसँगै एउटै कोठामा उनलाई राखिएको साहले जानकारी दिए। जलेश्वर कारागारमा छ सय भन्दा धेरै कैदी बन्दीलाई राखिएको छ।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












