आजको राशिफल: २०८० साल माघ १ गते सोमबार
मेष : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारको साथ र सहयोग मिल्नेछ। दिन राम्रो छ। आम्दानी हुनेछ। स्वास्थ्य र शिक्षामा लाभ हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ।
वृष : आफन्तबाट सम्पत्तिको दुरुपयोग हुने योग रहेकाले सचेत हुनु राम्रो हुन्छ। दिन राम्रो छ। आम्दानी बढ्नेछ। आफन्तबाट सहयोग प्राप्त हुनेछ।
मिथुन : स्वास्थ्य, शिक्षा र वैदेशिक क्षेत्रमा लाभ हुनेछ। परिवारबाट असहयोग हुनसक्छ। प्रेम सम्बन्धमा खटपटी हुनेछ। चिट्ठामा धन प्राप्त हुने योग छ। ठुलो काममा हात लगाउनुभयो भने फाइदा हुनेछ।
कर्कट: शिक्षाको क्षेत्रमा राम्रो नतिजा प्राप्त हुनेछ। राजनीतिमा सम्मान प्राप्त हुनसक्छ। दैनिकी सामान्य छ। परिवारमा झमेला आइपर्नसक्छ। स्वास्थ्यमा समस्या देखिने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।
सिंह: कुनै योजना भए गोपनीयता नखोलेको राम्रो हुन्छ। वैदेशिक रोजगारको क्षेत्रमा फाइदा हुनेछ। परिवारको साथ मिल्नेछ। दैनिकी सामान्य छ। बल भन्दा बढी बुद्धि लगाएर समस्याको समाधान खोज्नुपर्छ। सहकर्मीले असहयोग गर्ने भएकाले सचेत हुनु राम्रो हुन्छ।
कन्या : दिन राम्रो छ। मनमा उत्साह थपिनेछ। धर्ममा मन जानेछ। प्रतिस्पर्धी पछाडि हट्नेछन्। रोग विस्तारै निको हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
तुला : दिन राम्रो छ। चन्द्रमा दाहिने छन्। मौका प्रशस्त छन्। शेयर र चिट्ठामा फाइदा हुनेछ। वैदेशिक रोजगारीको क्षेत्रमा लगानी गरेको भए उत्साह मिल्नेछ। परिवारसँगको सम्बन्धमा खटपटी हुनसक्छ।
वृश्चिक : परिवारको साथ र सहयोग मिल्नेछ। आजको दिन सामान्य छ। हरेक क्षेत्रमा बाधा, विरोध, अवरोध र निराशा भए पनि वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ।
धनु : जति कमाए पनि खर्च बढी भएको देखिन्छ। शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्र सबल छन्। परिवारमा मनमुटाव हुनसक्छ।आजको दिन राम्रो छ। मान्यजनको साथ र सहयोग रहने छ।
मकर : शनिदेव राम्रो ठाउँमा बसेको भए ठुलो पद प्राप्त हुनेछ। परिवारबाट सहयोग मिल्नेछ। दिन सामान्य छ। शनिको छाया योग रहेको छ। पिपलको दर्शन गरेर मात्र कामको सुरुवात गरेको राम्रो हुन्छ।
कुम्भ : शुभकर्म र परोपकार नगरे मन शान्त हुँदैन। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। समय सामान्य छ। अरुको लागि तर्क गरेर समय बित्ने योग छ।
मीन : अरुको हातमा पुगेको धन उठाउन गाह्रो हुने भएकाले ख्याल गर्नुपर्ने देखिन्छ। परिवारसँगको सम्बन्ध राम्रो रहने छ।दैनिकी राम्रो छ। स्वास्थ्य, शिक्षा, वैदेशिक र राजनीति क्षेत्र अब्बल छन्। सबैको साथ र सहयोग मिल्नेछ।
Comments
अरु समाचार
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
निर्वाचनको अघिल्लो दिन पक्राउ परे पर्सा र सिरहाका दुई उम्मेदवार
काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...











