मेसी बने कीर्तिमानी तेस्रो पटक फिफा उत्कृष्ट वर्ष खेलाडी
काठमाडौँ । अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफाको उत्कृष्ट वर्ष खेलाडी अवार्ड २०२३ जितेका छन् ।
मंगलबार बिहान लन्डनमा सम्पन्न समारोहमा कीर्तिमानी आठ पटकका बलोन डी ओर अवार्ड विजेता मेसीले फिफा अवार्ड पनि तेस्रो पटक जितेर कीर्तिमान कायम गरेका छन् ।
यो अवार्डका लागि मेसीले नर्वेका एर्लिङ हालान्ड र फ्रान्सका केलियन एम्बाप्पेलाई पछि पारे । मेसीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् ।
मेसी र हालान्डले समान ४८ अङ्क प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरूको मतका आधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अङ्क प्राप्त गरेका थिए ।
युरोप बाहिरको लिग खेल्ने खेलाडीले यो अवार्ड जितेको पहिलोपल्ट हो l मेस्सी अमेरिकी मेजर लिग सकर (एमएलएस) मा क्लब इन्टर मियामीबाट खेल्ने खेलाडी हुन् l यसअघि, युरोपबाट खेल्दा पनि मेसीले यो अवार्ड सन् २०१९ र २०२२ मा जितेका थिए ।
यसैगरी आइटाना बोनमाटी पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । उनले २०२३ मा स्पेनलाई आफ्नो पहिलो विश्वकप उपाधि र बार्सिलोनालाई घरेलु र युरोपेली ट्रेबल गर्न महत्त्वपूर्ण योगदान गरेकी थिइन् ।
बोनमाटीले लिन्डा काइसेडो र जेनिफर हर्मोसोकोलाई पछि पारिन् । यसैगरी, मेरी इर्प्स लगातार दोस्रो वर्षको लागि उत्कृष्ट फिफा महिला गोलकिपरबनिन् । सरिना विग्म्यानलाई २०२३ को लागि उत्कृष्ट महिला प्रशिक्षक घोषित गरिएको छ ।
पुरुषतर्फ भने इडरसन २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर घोषित भएका छन् । म्यानचेस्टर सिटीको ऐतिहासिक ट्रेबल जित्ने अभियानलाई ३० वर्षीय इडरसनलाई सम्मान गरिएको हो । इडरसन २३ अङ्कका साथ शीर्ष स्थानमा रहे, थिबाउट कोर्टोइस (२० अङ्क) र यासिन बौनु (१६ अङ्क) मा सिमित भएका थिए ।
म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक २०२३ घोषित भएका छन् । इटालियन जोडी लुसियानो स्पालेट्टी १८ अङ्क र सिमोन इन्जाघी ११ अङ्क र ग्वार्डिओला २८ अंकसहित उत्कृष्ट घोषित भएका हुन् ।
यसैगरी ब्राजिलका मिडफिल्डर गुइलहेर्मे मद्रुगाको उत्कृष्ट गोलकर्ता घोषित भए । उनलाई पुस्कस अवार्ड प्रदान गरिएको थियो । ह्युगो ड्यानियल “टोटो“ इनिगेजलाई २०२३ को लागि फिफा फ्यान अवार्डबाट सम्मानित गरिएको छ ।
मे २०२३ मा बाराकास सेन्ट्रल विरुद्धको अर्जेन्टिना प्राइमरा डिभिजनको खेलमा आफ्नो छोरालाई खुवाउँदै गरेको कोलोन डे सान्ता फे फ्यान भाइरल भएका थिए ।
यस्तै,ब्राजिलले फिफा फेयर प्ले अवार्ड हात पारेको छ ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












