बुबाबाटै छोरी बलात्कृत, छोराले थाहा पाएर प्रहरीमा जाहेरी दिएपछि बञ्चरोले हानेर हत्या
सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–६ मा मृत्त भेटिएका २१ वर्षीय युवकको (नाम गोप्य राखिएको) आफ्नै बाबुले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
युवक सोमबार राति आफ्नै घर छेउमा मृत भेटिएका थिए । शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा राति १ बजेतिर फेला परेका उनको आफ्नै बाबुले हत्या गरेको अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुले नै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । गत सोमबार बञ्चरोले हानेको अवस्थामा युवकको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालमा कात्तिकमा आफ्नै छोरीलाई बलात्कार गरेको भन्दै छोराले आफ्नै बाबुविरुद्ध जाहेरी दिएका थिए ।
प्रहरीमा छोराले जाहेरी दिएको थाहा पाउन साथ बुबा फरार थिए । पीडित छोरीले बुबा नै आएर दाजुको हत्या गरेको दाबी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाले जानकारी दिएका छन् । रातिको घटना भएकाले विस्तृत अनुसन्धान भइरहको प्रहरी उपरीक्षक थापाले बताएका छन् । यता स्थानीयवासीले युवकको हत्यामा उनकै बाबु संलग्न रहेको प्रमाणहरू फेला परेका बताएका छन् ।
‘पारिवारिक मनमुटाबका कारण हत्या भएको देखिन्छ,’ उपरीक्षक थापाले भने । स्थानीयका अनुसार हत्या योजनाबद्ध रूपमा भएको छ । गत असोज २७ गते १९ वर्षीया ‘६४ वीरेन्द्रनगर क ३६’ लाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । मामाघर बस्दै आएकी छोरी बुबा भारतबाट घर फर्केपछि भेट्न बोलाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।
आफू बाबुबाट बलात्कृत भएको कुरा किशोरीले दाइलाई सुनाएकी थिइन् । दाइले गत कात्तिक १५ गते जिल्ला प्रहरी कार्यकाल सुर्खेतमा बुबाविरुद्ध जबरजस्ती करणीको जाहेरी दिएका थिए । बुबाले छोरीलाई मुद्दा नहाल्न भन्दै धम्की समेत दिएको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । मुद्दा परेपछि उनी श्रीमतीसहित भागेर भारत पसेका थिए ।
पीडित छोरीले भारतमा लुकेर बसेका बुबाले नै नेपाल आएर दाजुको हत्या गरेर भागेको दाबी गरेकी छन् । ‘प्रहरीको अनुसन्धानमा जनवरीको १२ र १३ तारिखमा भारतबाट नेपालमा आएको खुलेको छ । १४ मा नेपाल पुगेर १५ तारिख राति हत्या गरेर भागेको हुनसक्छ,’ अनुसन्धान खटिएका एक प्रहरी अधिकृतले भने, ‘बुबामाथि शंका गर्ने आधारहरू भेटिदै गएका छन् ।’ यता पीडतले पनि बुबाले नै हत्या गरेको प्रारम्भिक बयान समेत दिएकी छिन् । उनले आफूलाई बलात्कार गरेको घटनाले बुबा र दाजुबीच विवाद बढेको बयानमा बताएकी छिन् ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशी बाढी अपडेटः कहाँ कस्तो क्षति ? उद्धारका लागि सरकार पक्षको पहल के छ ?
काठमाडौं । रसुवामा बुधबार बिहान अचानक आएको भीषण बाढीबाट ठूलो क्षति भएपछि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












