आर्मी आहारारा गोल्डकपको सेमिफाइनल प्रवेश
काठमाडौं । आहारारा पोखरा गोल्डकपमा डिफेन्डिङ च्याम्पियन संकटा क्लबलाई हराउँदै विभागीय टिम त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरेको छ ।
पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनल खेलमा आर्मीले संकटालाई ३–० ले पराजित गरेको हो । आर्मीको जितका लागि दिनेश हेमजङ र जिलेप्सीजंग कार्कीले गोल गरे । खेलमा आर्मीका जिलेप्सीजंग कार्कीले पहिलो हाफको अन्तिममा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
उनले खेलका ४५ औं मिनेटमा कप्तान भरत खवासले दायाँ साइडबाट दिएको क्रसलाई हेडमार्फत सुन्दर फिनिसिङ दिए । खेलको ४९ मिनेटमा दिनेश हेम्जङ व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए ।
हेम्जङको प्रहारलाई रोक्ने क्रममा संकटाका कलदीप कार्कीले ह्यान्ड गर्न पुगेपछि आर्मीले पेनाल्टी पाएको थियो । उनले आफूले पाएको पेनाल्टीलाई बिनाकुनै गल्ती गोलमा परिणत गरे । त्यस्तै, खेलको ७६ औं मिनेटमा हेम्जङले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रतालाई अझै फराकिलो बनाए । उनले जिलेप्सीजंग कार्कीको असिस्टमा बललाई जाली चुमाए ।
संकटा बाइ पाएर सिधै क्वार्टरफाइनल प्रवेश गरेको हो भने आर्मीले प्रिक्वार्टरफाइनलमा नवप्रवेशी राइजिङ स्टारलाई १–० ले पराजित गरेको थियो । संकटाले पोहोर फाइनलमा अमेरिकी भुटनिज युथ स्पोर्टस् क्लबलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो ।
आर्मीले अब सेमिफाइनल खेल माघ १८ गते चर्च ब्वाइज र एपीएफमध्येको विजेता टिमसँग अन्तिम ४ का लागि प्रतिस्पर्धा गर्नेछ । सेमिफाइनलका लागि चर्च ब्वाइज एपीएफबीच माघ १६ गते प्रतिस्पर्धा हुँदैछ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












