नेकपा एसको राष्ट्रिय परिषद्को बैठक आज पनि जारी
काठमाडाैँ । नेकपा एकीकृत समाजवादीको दोस्रो राष्ट्रिय परिषद्को बैठक आज पनि जारी छ।
आइतवारबाट सुरू भएको परिषद्को बैठकमा विधानमाथि छलफल केन्द्रित भएर छलफल भइरहेको छ।
काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बैठकमा विधानको मस्यौदामाथि समूहगत छलफल भइरहेको पार्टीका प्रवक्ता जगन्ननाथ खतिवडाले बताए।
परिषद् बैठकमा एक हजारभन्दा बढी प्रतिनिधि सहभागी छन्। केन्द्रीय कमिटी, केन्द्रीय निकाय, जन सङ्गठनका पदाधिकारीका अलावा सङ्घीय निर्वाचन क्षेत्रबाट एकजना महिला र एकजना पुरूष प्रतिनिधिका रूपमा बैठकमा सहभागी छन्।
आजको बैठकबाट सबै टोली नेताले समूहको सुझाव प्रस्तुत गर्ने र त्यसलाई समावेश गरेर आजै साँझ निष्कर्ष सुनाउने कार्यक्रम रहेको पनि उनले बताए।
समूहबाट आएका सुझाव टिपोट गर्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा कमिटी बनाएको पनि उनले बताए।
एकीकृत समाजवादीले यसअघि सचिवालय, केन्द्रीय कमिटी बैठक राखेर विधान मस्यौदामाथि छलफल गरिसकेको छ।
एकीकृत समाजवादीले आगामी जेठ ३ गतेदेखि पहिलो राष्ट्रिय महाधिवेशन गर्दैछ।
Comments
अरु समाचार
-
रसुवा भोटेकोशीमा बाढी: सम्भावित कारणबारे चिनियाँपक्ष नै अनविज्ञ
काठमाडौं । रसुवास्थित भोटेकोशी क्षेत्रमा आएको बाढीको सम्भावित कारणबारे चिनियाँ पक्षले समेत अहिलेसम्म यकिन जानकारी पाउन सकेको छैन। चीनको छेन्दुमा...
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...












