आजको राशिफल : २०८० माघ २३ गते मंगलवार
मेष: मिहिनेत र दौडधुपले मात्र काम बन्नेछ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। तापनि सम्भावना खोजी गर्ने समय छ।अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्ठ्यारा परिस्थितिले काम गर्न विलम्ब हुनेछ। समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्।
वृष: उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ। परिवारजनको साथले आत्मबल प्राप्त हुनेछ।दिन रमाइलो र मनोरञ्जनपूर्ण रहनेछ। प्रयत्न गर्दा विभिन्न अवसर पनि प्राप्त हुनेछन्। मिहिनेतले फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ।
मिथुन: परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ।भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
कर्कट :अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।
सिंह :आश्वासन बाँड्नेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल धेरै फाइदा नहुन सक्छ। परिस्थितिले समस्याको मोडमा पुर्याउन सक्छ। पुरानो गतिले पनि काम बिग्रन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको भरपर्दा काम रोकिन सक्छ। अप्ठ्यारै परिस्थितिमा पनि मान्यजन तथा आफन्तले भने साथ दिनेछन्।
कन्या: साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ।
तुला :असंयम व्यवहारले समस्या निम्त्याउन सक्छ। आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। शुभचिन्तकहरूको भावना बुझेर अघि बढ्नुहोला। बुद्धिले काम लिँदा योजना कार्यान्वयनमा आउनेछ।
वृश्चिक: चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दुस्ख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। अरूको फाइदाका लागि उपयोग भइएला। साथीभाइ टाढिनेछन् र काम बिग्रने डरले सताइरहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला।
धनु :परिश्रम परे पनि कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। खोजी गर्दा आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। तर आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्ने देखिन्छ। प्रयत्न गर्दा ऋणमोचन हुनेछ। व्यावसायिक यात्रा गर्ने अवसर जुट्नेछ भने पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
मकर : विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पढाइमा प्रगति हुनेछ भने नयाँ ज्ञान प्राप्त हुने योग छ।मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ।
कुम्भ :आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मान–सम्मान प्राप्त होला। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ होला। प्रतिष्ठित काम गरेर धेरैको मन जित्न सकिनेछ। पुरुषार्थी काम प्रारम्भ हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले काममा उत्साह बढाउला।
मीन :काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। सहयोगीहरूको साथ जुट्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। समुदायको हक संरक्षण गर्न सकिनेछ। चिताएको मूल्य प्राप्त नभए पनि फाइदै हुनेछ।शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ।
Comments
अरु समाचार
-
टिकटक स्टार तुल्सा अधिकारी थाइल्याण्डबाट पक्राउ, नेपाल ल्याइयो
काठमाडौं । टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको छ। उनीविरुद्ध ठगी तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता...
-
अछाममा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, तीन घाइते
अछाम, जेठ १६ गते । अछामको पञ्चदेवल बिनायक नगरपालिका–४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको...
-
मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
विद्यालय पोशाकमै विद्यार्थीलाई प्रदर्शनमा उतार्ने योजनाबद्ध प्रयास भएको आयोगको निष्कर्ष
काठमाडौं । गत वर्ष भदौमा भएको जेनजी प्रदर्शनमा विद्यार्थीहरूलाई विद्यालय पोशाकमै सहभागी गराउन योजनाबद्ध रूपमा आह्वान गरिएको खुलासा भएको छ...
-
मानव अधिकार आयोगको प्रतिवेदनमा प्रश्नै–प्रश्न: रविविरुद्ध कडा, बालेनलाई उन्मुक्ति
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेन–जी आन्दोलन’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन सत्ता, सुरक्षा निकाय र आन्दोलनसँग जोडिएका राजनीतिक...
-
मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इद मनाइँदै, आज सार्वजनिक बिदा
काठमाडौँ – मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाउँदै छ । इदुल फित्र अर्थात्...












