बालेनलाई शंकर पोखरेलको जवाफ: परियोजनाको महत्व नबुझ्नेले आलोचना गर्नु स्वभाविक
काठमाडौँ । नेकपा एमाले महासचिव शंकर पोखरेलले धरहरा पुननिर्माणको परियोजनाको दूरदर्शी र महत्व नबुझ्नेले त्यसको आलोचना गर्ने बताएका छन् ।
धरहरा पुननिर्माण नै नगरी उद्घाटन गर्नुपनि एउटा भ्रष्टाचार हो भन्ने काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहको भनाइ पछि पोखरेलको यस्तो भनाइ आएको हो ।
उनले लेखेका छन् ‘तात्कालीक प्रधानमन्त्रीले नव निर्मित धरहरा उद्घाटन गरेको हो । जसको निर्माण कार्य उतिवेलै सम्पन्न भइसकेको छ ।’ उनले अरु परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्ब भएको स्पष्ट पारेका छन् । उनले धरहरा निर्माण सम्झौता पहिले भएका कारणले काम कछुवाको गतिमा भएको बताए ।
उनले परियोजनाको दूरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक रहेको बताएका छन् । उनले धरहरा पुनर्निर्माण परियोजना अन्तर्गत त्यसलाई नयाँ स्वरूपमा निर्माण गर्नेगरी पाँच भागमा बाँडिएको स्पष्ट पारेका छन् । उनका अनुसार पहिलो पुरानो धरहराको बचेको भागलाई पारदर्शी सिसाले छोपेर जस्ताको त्यस्तै संरक्षण गरी सुरक्षित राख्ने ।
दोस्रो त्यसको छेवैमा पुरानो स्वरूपमा तर नयाँ प्रविधिको प्रयोगरी सुरक्षित धरहराको निर्माण गर्ने । तेस्रो भूकम्पको बारेमा जानकारी गराउने हिसाबले म्युजियम निर्माण गर्ने । चौथो भित्री सहर र पर्यटकको सुविधालाई समेत ध्यानमा राखेर अन्डर ग्राउन्ड पार्किङ स्थल निर्माण गर्ने ।
पाँचौँ अन्डर ग्राउन्ड पार्किङको माथिल्लो भागमा वगैचा निर्माण गर्ने र सुनधारालाई सौन्दर्यीकरण गर्ने । त्यसका लागि गोस्वारा हुलाक समेतको वरिपरिको सरकारी जमिन समेत प्रयोग गरिएको उनले बताए । सोमबार बिहान महानगरपालिकाका मेयर बालेन शाहले धरहराको निःशुल्क पार्किङ बन्द नहुने बताएका थिए । शहरी विकास मन्त्रालयले समन्वय नै नगरी निर्माणाधीन धरहराको बेसमेन्टमा पार्किङ गराएको भन्दै महानगरपालिकाको ध्यानाकर्षण गराएपछि मेयर शाहले पार्किङ बन्द नहुने बताएका थिए ।
उनले २०७८ वैशाख ११ शनिबार अर्थात् आज भन्दा २ वर्ष ९ महिना २० दिन अगाडि तत्कालीन प्रधानमन्त्री केपी ओलीबाट ‘सेतो टावर’ उद्घाटन भयो । सोही उद्घाटनलाई काठमाडौँ तत्कालीन मेयर बिद्यासुन्दर शाक्यले भन्नु भएको थियो, ‘आज एक ऐतिहासिक काम सम्पन्न भएको छ , राणाकालीन अवस्थामा भएको भए केपी ओली टावर भन्थे ।’ तर केहीदिन अगाडि त्यही ठाउँमा सर्वसाधारणका लागि पार्किङ खुला गर्दा पत्र लेखिन्छ, ‘धरहरा निर्माण हुँदैछ । पार्किङ बन्द गर्नु ।’
उद्घाटन गरेको २ वर्ष ९ महिनापछि पनि बनाएर नसकिएको लाज त्यागेर पत्र लेख्नुको औचित्य के हो ? पार्किङ बन्द गर्न महानगरमा पत्र लेख्नु भन्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीले भन्नु भएको थियो ‘नबनेको भए म बीसौँ तलामा कसरी पुगें’ भनेर निर्लज्ज प्रतिप्रश्न गर्नेहरूलाई पत्र लेख्नु उपयुक्त हुन्छ । उनले लेखेका थिए ।
सहरी विकास मन्त्रालयले धरहरामा पार्किङ नगर्न काठमाडौं महानगरलाई पत्राचार गरेको थियो । पत्राचार पछि पनि पार्किङ काठमाडौं महानगरपालिकाले नरोकेपछि सोमबार सहरी विकासमन्त्री सीता गुरुङले निर्माणाधिन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने चेतावनी दिएकी थिइन् ।
उनले काठमाडौं महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफल बिना जबरजस्ती रुपमा पार्किङ गराउनु विधि विपरित रहेको बताउँदै निर्माणाधीन धरहरा निर्माण सम्पन्न भएपछि कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनाएर जानुपर्ने अवस्था रहेको भन्दै महानगरपालिकाले निर्माण कार्य अवरुद्ध हुनेगरी गरेको निर्णय तत्काल रोक्नुपर्ने बताएकी थिइन् ।
Comments
अरु समाचार
-
मधेशमा जापानीज इन्सेफ्लाइटिसको जोखिम, तत्काल आवश्यक कदम चाल्न निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका सात जिल्लाका १५ पालिकामा जापानीज इन्सेफ्लाइटिस पुष्टि हुनु तथा संक्रमित १९ जनामध्ये ६ जनाको मृत्यु हुनु...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
सर्वोच्च बारले कानून व्यवसायीसँग माग्यो दश वर्षयताका महत्त्वपूर्ण फैसला
काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएशनले पछिल्लो दश वर्षयताका प्रकाशित तथा अप्रकाशित महत्त्वपूर्ण फैसला उपलब्ध गराउन कानून व्यवसायीहरूलाई आग्रह गरेको...
-
प्रधानमन्त्री बालेन र सांसदबीच बुधबार प्रश्नोत्तर, नाम टिपाउने ११ सांसद को-को हुन् ?
काठमाडौं । प्रतिनिधिसभाको बुधबार बस्ने बैठकमा प्रधानमन्त्री बालेन शाहसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ । कार्यक्रममा विभिन्न दलका...
-
पाँच महिनादेखि निरन्तर घट्दै सेयर बजार, सरकारप्रतिको विश्वास र अपेक्षामाथि प्रश्न
काठमाडौं ।आम निर्वाचनबाट स्पष्ट बहुमतसहित वालेन्द्र शाह ‘बालेन’को नेतृत्वमा नयाँ सरकार गठन भएको करिब पाँच महिना पुग्दै गर्दा नेपालको शेयर...
-
राष्ट्रियसभाको बैठकः प्रधानमन्त्री शाहले आज विधेयक पेस गर्दै
काठमाडौँ- राष्ट्रियसभाको बैठक मंगलबार बिहान १०:१५ बजे बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकका लागि सम्भावित कार्यसूची तय गरिएको छ।...
-
आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, विभिन्न विधेयकमाथि छलफल गरिँदै
काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । मंगलबार अपराह्न १ बजे सिंहदबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा...
-
स्याङ्जा जिप दुर्घटनाका दुई मृतकको पहिचान खुल्यो, १७ घाइतेको उपचार जारी
काठमाडौं । स्याङ्जामा भएको जिप दुर्घटनामा ज्यान गुमाउने दुई मृतकको परिचय खुलेको छ । गल्याङ नगरपालिका–८ करादीमा सोमबार साँझ भएको...












