वर्षभरि उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडी र प्रशिक्षकलाई माघ २८ गते अवार्ड दिइने
काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड, २०७९ अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डमा वर्षभरि उत्कृष्ट खेल प्रर्दशन गरेको आधारमा आठ खेलाडी मनोनयनमा परेका छन् । यही माघ २८ गते हुने उक्त अवार्डका लागि बक्सिङका विजय बाटा, क्रिकेटका देव खनाल र दीपेश कँडेल, एथलेटिक्सकी राममाया बुढा, गल्फका सद्भाव आचार्य, फुटबलकी सुजाता तामाङ, बक्सिङकी सुस्मा तामाङ र फुटबका युनेश बुढाथोकी मनोनयनमा परेका छन् ।
मनोनयनमा परेका बक्सिङका बाटाले एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसीपमा नेपाललाई कास्य पदक दिलाएका थिए । यस्तै उनले पोखरमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक प्राप्त गरेका थिए ।
यसैगरी क्रिकेटका देवले नेपालले करिब आठ वर्षपछि सन् २०२४ को आइसिसी यू–१९ विश्वकप क्रिकेट खेल्ने अवसर पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । क्रिकेटकै कँडेलले आइसिसी यू–१९ विश्वकपको एसिया छनोटको फाइनलमा युनाइटेड अरब इमिरेटस् ९युएई० विरुद्ध ह्याट्रिक विकेट लिएका थिए । नेपालले आइसिसी यू–१९ विश्वकपको एसिया छनोटको उपाधि जित्दा कँडेलले पाँच विकेट लिएका थिए ।
यस्तै एथलेटिक्सकी बुढाले १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसीपमा जुनियर व्यक्तिगत र समूहगत स्पर्धामा रजत पदक प्राप्त गरेकी थिइन् । उनले एपिएफ परिवार महिला सङ्घको आयोजनामा भएको हाफ म्याराथनमा स्वर्ण जितेकी थिइन । बुढाले गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण, पाँच किलोमिटर दौडमा रजत तथा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको तीन हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् ।
गल्फका आचार्यले सुवास तामाङसँग मिलेर नेपाल टुरिजम कप र बङ्गलादेश एमेच्योर गल्फ च्याम्पियनसीपमा स्वर्ण जितेका थिए । उनले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण तथा व्यक्तिगत स्पर्धामा रजत पाएका थिए ।यसैगरी फुटबलकी तामाङ बङ्गलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसीपको उपाधि नेपालले जित्दा मुख्य खेलाडी थिइन् । फुटबलकै बुढाथोकी श्रीलङ्काको कोलम्बोमा भएको साफ यू–१७ च्याम्पियनसीप फुटबलमा नेपाल उपविजेता हुँदा मुख्य भूमिका निर्वा गरेका थिए ।
त्यसैगरी वर्षको उत्कृष्ट प्रशिक्षकमा अनन्त थापा (फुटबल), भगवती रानामगर (फुटबल), भरत शाह (भलिबल), चन्द्र गुरुङ (एथलेटिक्स), दीपक महर्जन (बक्सिङ), जगत टमाटा (क्रिकेट), मोन्टी देशाई (क्रिकेट) तथा ओङ्देन लामा (पौडी) मनोनयनमा परेका छन् । मनोनयनमा परेका आठ जनामध्ये उत्कृष्ट तीनको छनोट गरिने छ । तीमध्ये एक जनालाई विजेता घोषणा गरिने मञ्चले जनाएको छ ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











