वर्षभरि उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडी र प्रशिक्षकलाई माघ २८ गते अवार्ड दिइने
काठमाडौँ । एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड, २०७९ अन्तर्गत वर्षको उत्कृष्ट युवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक गरिएको छ ।नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने उक्त अवार्डमा वर्षभरि उत्कृष्ट खेल प्रर्दशन गरेको आधारमा आठ खेलाडी मनोनयनमा परेका छन् । यही माघ २८ गते हुने उक्त अवार्डका लागि बक्सिङका विजय बाटा, क्रिकेटका देव खनाल र दीपेश कँडेल, एथलेटिक्सकी राममाया बुढा, गल्फका सद्भाव आचार्य, फुटबलकी सुजाता तामाङ, बक्सिङकी सुस्मा तामाङ र फुटबका युनेश बुढाथोकी मनोनयनमा परेका छन् ।
मनोनयनमा परेका बक्सिङका बाटाले एएसबीसी यू–२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसीपमा नेपाललाई कास्य पदक दिलाएका थिए । यस्तै उनले पोखरमा भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक प्राप्त गरेका थिए ।
यसैगरी क्रिकेटका देवले नेपालले करिब आठ वर्षपछि सन् २०२४ को आइसिसी यू–१९ विश्वकप क्रिकेट खेल्ने अवसर पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । क्रिकेटकै कँडेलले आइसिसी यू–१९ विश्वकपको एसिया छनोटको फाइनलमा युनाइटेड अरब इमिरेटस् ९युएई० विरुद्ध ह्याट्रिक विकेट लिएका थिए । नेपालले आइसिसी यू–१९ विश्वकपको एसिया छनोटको उपाधि जित्दा कँडेलले पाँच विकेट लिएका थिए ।
यस्तै एथलेटिक्सकी बुढाले १६औँ एसियाली क्रसकन्ट्री च्याम्पियनसीपमा जुनियर व्यक्तिगत र समूहगत स्पर्धामा रजत पदक प्राप्त गरेकी थिइन् । उनले एपिएफ परिवार महिला सङ्घको आयोजनामा भएको हाफ म्याराथनमा स्वर्ण जितेकी थिइन । बुढाले गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण, पाँच किलोमिटर दौडमा रजत तथा तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको तीन हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन् ।
गल्फका आचार्यले सुवास तामाङसँग मिलेर नेपाल टुरिजम कप र बङ्गलादेश एमेच्योर गल्फ च्याम्पियनसीपमा स्वर्ण जितेका थिए । उनले नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण तथा व्यक्तिगत स्पर्धामा रजत पाएका थिए ।यसैगरी फुटबलकी तामाङ बङ्गलादेशमा भएको साफ यू–१५ महिला च्याम्पियनसीपको उपाधि नेपालले जित्दा मुख्य खेलाडी थिइन् । फुटबलकै बुढाथोकी श्रीलङ्काको कोलम्बोमा भएको साफ यू–१७ च्याम्पियनसीप फुटबलमा नेपाल उपविजेता हुँदा मुख्य भूमिका निर्वा गरेका थिए ।
त्यसैगरी वर्षको उत्कृष्ट प्रशिक्षकमा अनन्त थापा (फुटबल), भगवती रानामगर (फुटबल), भरत शाह (भलिबल), चन्द्र गुरुङ (एथलेटिक्स), दीपक महर्जन (बक्सिङ), जगत टमाटा (क्रिकेट), मोन्टी देशाई (क्रिकेट) तथा ओङ्देन लामा (पौडी) मनोनयनमा परेका छन् । मनोनयनमा परेका आठ जनामध्ये उत्कृष्ट तीनको छनोट गरिने छ । तीमध्ये एक जनालाई विजेता घोषणा गरिने मञ्चले जनाएको छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












