रोकिएन बिपी प्रतिष्ठान धरानको आन्दोलन, बिरामी र विद्यार्थी मारमा
धरान । उच्च अदालत विराटनगरले बढुवा प्रक्रियाको कानुनी बाटो खोलिदिए पनि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकको आन्दोलन अझै रोकिएको छैन । आन्दोलन जारी रहँदा उपचारका लागि आउने बिरामी र प्रतिष्ठानमा अध्ययनरत विद्यार्थी मारमा परिरहेका छन् । उच्च अदालतले बुधबार प्रतिष्ठानको अवरुद्ध शिक्षक, कर्मचारीको बढुवा प्रक्रिया अघि बढाउने कानुनी बाटो खोलिदिएको थियो । तर आन्दोलनरत शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले आज दिउँसो संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै कार्यकारिणी परिषद् बैठकबाट बढुवा प्रक्रियाको अन्तर्वार्ता तालिका स्वीकृत नभएसम्म आन्दोलन जारी रहने जनाएका छन् ।
प्रतिष्ठानका निमित्त उपकुलपति प्रा डा प्रल्हाद कार्कीले अदालतको फैसलालाई आफूले सर्वमान्य ठानेका बताउनुभयो । उहाँले तत्काल यसको समाधान गर्न शिक्षक तथा कर्मचारीलाई अपिल गरिएको बताउनुभयो । तर आन्दोलनरत पक्षले भने विश्वस्त हुन नसकेको विज्ञप्तिमा उल्लेख गरेका छन् । शिक्षक कल्याण समाजका अध्यक्ष डा सेराज अहमद खानले विगतमा पनि प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको तर कार्यान्वयन हुन नसकेकाले फेरि पनि प्रक्रिया अगाडि बढ्नेमा आशङ्का लागेकाले आन्दोलन जारी राख्नु परेको बताउनुभयो ।
कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले आन्दोलनमा सहभागीलाई प्रतिशोध साँधेर कारबाही नगर्ने प्रतिबद्धता पनि आउनुपर्ने बताउनुभयो । अदालतको आदेशपछि आज आन्दोलनरत पक्षबीच दिनभर आन्दोलन रोक्ने कि अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो । छलफलपछि आन्दोलन जारी राख्ने निर्णय भएको हो ।
आन्दोलनका कारण प्रतिष्ठानको शैक्षिक गतिविधि नै ठप्प भएको र आफूहरुको भविष्य अन्योलतातर्फ धकेलिएको भन्दै गत शुक्रबारदेखि प्रतिष्ठानको उपकुलपतिको कार्यालय अगाडि रिले अनशन बसेका विद्यार्थीले अदालतको फैसला र निमित्त उपकुलपति कार्कीले जनाउनुभएको सहमतिका आधारमा शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् । विद्यार्थी कल्याण समाजका अध्यक्ष डा ओम शान्ति रजकले शैक्षिक गतिविधि सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले जबसम्म शैक्षिक गतिविधि सञ्चालन हँुदैन तबसम्म आफूहरुको अनशन जारी रहने जानकारी दिनुभयो ।
बढुवा प्रक्रियाविरुद्ध परेको मुद्दामा न्यायाधीश विपुल न्यौपाने र सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार बढुवासम्बन्धी कारबाहीको हकमा अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको ठहर गरेको थियोे । उक्त इजलासले प्रचलित कानुन बमोजिमको मापदण्ड एवं प्रक्रिया पूरा गरेर नियमित एवं आवधिकरुपमा गरिने आन्तरिम बढुवासम्बन्धी कारबाहीलाई रोक्न सुविधा सन्तुलनको दृष्टिकोणले उपयुक्त नहुने जनाएको छ ।
प्रतिष्ठानको नियमावली २०५५ को नियम १२.३ ले प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीको बढुवासम्बन्धी अधिकार उपकुलपतिको अध्यक्षतामा गठित छनोट समितिलाई दिएको देखिएको पनि आदेशमा उल्लेख छ । यद्यपि, अदालतले अन्तरिम बढुवा, स्तर वृद्धिबाहेक रिक्त रहेको दरबन्दीमा सुरु भर्ना वा स्थायी नियुक्ती गर्दा प्रचिलत ऐन, नियमावली, स्वीकृत नीति, मापदण्ड एवं लोकसेवा आयोगको सामान्य सिद्धान्त विपरीत हुने गरी तथा लोकसेवा आयोगको सहभागिता नगराई नयाँ भर्ना वा नियुक्ती नगर्न, नगराउन मुद्दाको टु्ङ्गो नलागेसम्म अन्तरिम आदेश दिएको छ । प्रतिष्ठानमा बढुवा प्रक्रियालाई लिएर प्रतिष्ठानमा कार्यरत शिक्षक तथा कर्मचारीले संयुक्त रुपमा पुस २९ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएका छन् ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












