सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल नेपालले सामजिक सञ्जालले पत्रकारितामा पारेको प्रभावका विषयमा शुक्रवार काठमाडौंमा आयोजना गरेको सम्पादक संवादमा सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउनका लागि सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दु बनाउनुपर्ने सुझाव राख्नुभएको हो । सहभागी सम्पादकहरूले सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
“भ्युर्स बढाउन मात्र दौडिएर भएन, देश र समाजप्रतिको उत्तरदायित्व के हो भन्ने पत्रकारले बिर्सनु भएन । सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत यी कुरा बुझ्नुपर्ने भएको छ”, कार्यक्रमका सहभागी नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले भन्नुभयो । पछिल्लो समय समाचारमा नभई नहुने तत्वको अभाव देखिएको उल्लेख गर्दै उहाँले मूलधारका सञ्चारमाध्यमले समेत अधुरो समाचार दिने गरेको बताउनुभयो ।
भएका कानुनको समेत कार्यान्वयन नहुँदा सामाजिक सञ्जाल, नयाँ सञ्चारमाध्यम र पत्रपत्रिकामा सङ्कट देखिएको पूर्वअध्यक्ष नेपालले बताउनुभयो । उहाँले पछिल्लो समय सरकार सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने दिशातर्फ उन्मुख देखिएको बताउनुभयो । एउटा व्यक्तिको पछि लाग्ने र खेदिरहने प्रवृत्ति हुँदा अहिले मिडिया माध्यम भएको तर सन्देश हुन नसकेकोतर्फ गम्भीर भई सोच्नुपर्ने उहाँको सुझाव थियो । पछिल्लो समय प्रेस काउन्सिलले सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यममाथि गरेको निगरानी र अनुगमन प्रभावकारी हुँदै गएको उहाँले औँल्याउनुभयो ।
यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब प्लेटफर्ममार्फत चलेका मिडियालाई अन्य सञ्चारमाध्यमसरह अनुगमन तथा निगरानी भइरहेको र त्यसलाई कसरी प्रभावकारी बनाउने भनी सम्पादक संवादबाट सुझाव अपेक्षा गरेको बताउनुभयो । पछिल्लो समय काउन्सिलले केही युट्युब च्यानलको अनुगमन गर्दै आएको उल्लेख गर्दै उहाँले विद्यमान कानुनमा रहेको ‘पत्रपत्रिका’ शब्दको सट्टा ‘सञ्चारमाध्यम’ भन्ने शब्द संशोधन गरेमा सबै सञ्चारमाध्यमको अनुगमन र निगरानी गर्ने कानुनी अड्चन हट्ने उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले मूलधारका सञ्चारमाध्यममा सामाजिक सञ्जालले समाचार सामग्री, विज्ञापन, पाठकलगायतका विषयमा प्रभाव पारेको बताउनुभयो । उहाँले युट्युबलगायतका सामाजिक सञ्जालका समाचार सामग्रीमा अनुगमन, नियन्त्रण र सम्पादन नहुँदा समाजमा नकारात्मक असर पर्ने गरेको बताउनुभयो । अध्यक्ष पोखरेलले लोककल्याणकारी विज्ञापन चन्दा नभएर विज्ञापन भएको जिकिर गर्नुभयो ।
डिजिटल मिडिया सोसाइटीका अध्यक्ष तथा बाह्रखरी अनलाइनका प्रधानसम्पादक प्रतीक प्रधानले कुनै पनि घटनामा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दा विचार गर्नुपर्ने बताउनुभयो । विज्ञापनदाताले सामाजिक सञ्जालमार्फत सिधै विज्ञापन दिँदा अहिले व्यावसायिक पत्रकारिता मर्न लागेको उहाँको भनाइ थियो । “पत्रकारिता हामीलाई मात्र चाहिने होइन, सबैलाई चाहिने हो भने सबै गम्भीर हुनुपर्छ । सरकारले पनि सोच्नुपर्छ,” उहाँको सुझाव थियो ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन र मिडिया एकअर्कामा जोडिए पनि यसका बारेमा खासै चर्चा हुन नसकेको बताउनुभयो । कुनै पनि मिडियाले सामग्री सम्प्रेषण गर्दा निःशुल्क गर्न नहुने उहाँको धारणा थियो । सामाजिक सञ्जालमा सिधै विज्ञापन दिएर मिडियामा विज्ञापन घटेको भए पनि त्यसको व्यवस्थापनका लागि आवश्यक कानुन बन्न बाँकी रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठकले कपीपेष्ट पत्रकारिताले पेसालाई अविश्वनीय बनाएकाले रोक्नका लागि काउन्सिलले बढी ध्यान दिनुपर्ने बताउनुभयो । अग्रज पत्रकार शम्भु श्रेष्ठले छापामाध्यमलाई नयाँ प्रविधिसँग जोड्दै नगए सङ्कट थपिदै जाने बताउनुभयो । प्रेस काउन्सिलले पत्रकारिताका पछिल्ला आयाम र चुनौती सम्बोधन गर्न गत साउनदेखि सम्पादक संवाद शृङ्खला सुरु गरेको हो । यसलाई निरन्तरता दिइने काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो ।
सञ्चारिका समूहकी महासचिव वसन्ती बाँस्तोलाले परिवारमा कतिपय कुरा साना सदस्यलाई सुनाउन हुँदैन भन्ने गरिएको भए पनि अहिले सामाजिक सञ्जालका कारण सबैले एकैपटक थाहा पाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मिडियामा साहुजीले यसलाई व्यवसाय र पत्रकारका लागि यो समाज सेवा भन्ने गरेको छ । यसलाई हटाउँदै जानुपर्छ ।”
अन्तराष्टिय पत्रकार महासङ्घका केन्द्रीय सदस्य बद्री सिग्देलले अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिँदा काउन्सिलजस्ता निकायले आचारसंहिताको अनुगमन र नियमन गर्नुपर्ने बताउनुभयो । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले अरु मिडियाको विश्वासनीयता घटेपछि अहिले पाठक सामाजिक सञ्जालतिर लागेको धारणा राख्नुभयो । पत्रकार आफैँले खोज्न र प्रस्तुत गर्न नसकेपछि सामाजिक सञ्जालले विश्वास जित्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारहरू आफैँ बसेर एकअर्काको गल्ती खोजेर समाधान गर्न सकिन्छ ।”
व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रको समन्वयमा भएको उक्त कार्यक्रममा केन्द्रका संस्थापक अग्रज पत्रकार किशोर नेपाल, पत्रकारहरु विनु सुवेदी र रुचि श्रेष्ठले प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा सम्पादकहरू गुणराज लुइँटेल, हरिबहादुर थापा, अरुण बराल, गजेन्द्र बुढाथोकी, शिवकुमार भट्टराई, राजु सिलवाल, विमल गौतम, पुष्पहरि क्याम्पा राई, मात्रिका पौडेल, सरोज मिश्र, कल्पना आचार्य, प्रकाश रिमाल, मिलन तिमिल्सिना, केपी ढुङ्गाना, पदमराज जोशी, विष्णुगोपाल कुसी, उपासना घिमिरे, ज्योति जिसीसहितले विषयवस्तुमाथि संक्षिप्त सुझाव राख्नुभएको थियो ।
छापामाध्यम, अनलाइन, रेडियो, टेलिभिजन, युट्युब च्यानलसहितका सम्पादक र समाचार कक्षका प्रमुखसहित ९० जना सहभागी हुनुहुन्थ्यो । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन, मधेसी पत्रकार समाज, अनलाइन टिभी सङ्घसहित विभिन्न सञ्चार सङ्गठनका अध्यक्ष र प्रतिनिधिसमेत कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
विनोद चाैधरीको मोनोपोली उच्च अदालत पाटनले पारिदियो चक्नाचुर, केवाइसी भ्यानको विवाद सुल्झियो
काठमाडाैं । जताकतै सेटिङ मिलाउने दाबी गर्दै मोनोपोली कायम गर्ने गरेका विवादास्पद व्यापारी विनोद चाैधरीलाई अदालत पाटनले धक्का दिएको छ...
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...












