सामाजिक सञ्जालको पहुँचसँगै उत्तरदायित्वसहितको पत्रकारिता गर्न सञ्चारविज्ञको सुझाव
काठमाडौँ । युट्युबसहित सामाजिक सञ्जालले पहुँचसँगै सामाजिक उत्तरदायित्व बढाउनेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने धारणा सञ्चारका विज्ञहरूले राख्नुभएको छ । प्रेस काउन्सिल नेपालले सामजिक सञ्जालले पत्रकारितामा पारेको प्रभावका विषयमा शुक्रवार काठमाडौंमा आयोजना गरेको सम्पादक संवादमा सहभागीले पेसालाई मर्यादित, विश्वसनीय र दिगो बनाउनका लागि सामाजिक उत्तरदायित्वलाई केन्द्रविन्दु बनाउनुपर्ने सुझाव राख्नुभएको हो । सहभागी सम्पादकहरूले सूचना प्रविधिमा आएको परिवर्तनसँगै युट्युबसहित सामाजिक सञ्जालको सञ्चारमाध्यममा देखिएका प्रभाव र चुनौतीलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।
“भ्युर्स बढाउन मात्र दौडिएर भएन, देश र समाजप्रतिको उत्तरदायित्व के हो भन्ने पत्रकारले बिर्सनु भएन । सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत यी कुरा बुझ्नुपर्ने भएको छ”, कार्यक्रमका सहभागी नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष किशोर नेपालले भन्नुभयो । पछिल्लो समय समाचारमा नभई नहुने तत्वको अभाव देखिएको उल्लेख गर्दै उहाँले मूलधारका सञ्चारमाध्यमले समेत अधुरो समाचार दिने गरेको बताउनुभयो ।
भएका कानुनको समेत कार्यान्वयन नहुँदा सामाजिक सञ्जाल, नयाँ सञ्चारमाध्यम र पत्रपत्रिकामा सङ्कट देखिएको पूर्वअध्यक्ष नेपालले बताउनुभयो । उहाँले पछिल्लो समय सरकार सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई नियन्त्रण गर्ने दिशातर्फ उन्मुख देखिएको बताउनुभयो । एउटा व्यक्तिको पछि लाग्ने र खेदिरहने प्रवृत्ति हुँदा अहिले मिडिया माध्यम भएको तर सन्देश हुन नसकेकोतर्फ गम्भीर भई सोच्नुपर्ने उहाँको सुझाव थियो । पछिल्लो समय प्रेस काउन्सिलले सामाजिक सञ्जालमार्फत चलेका सञ्चारमाध्यममाथि गरेको निगरानी र अनुगमन प्रभावकारी हुँदै गएको उहाँले औँल्याउनुभयो ।
यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब प्लेटफर्ममार्फत चलेका मिडियालाई अन्य सञ्चारमाध्यमसरह अनुगमन तथा निगरानी भइरहेको र त्यसलाई कसरी प्रभावकारी बनाउने भनी सम्पादक संवादबाट सुझाव अपेक्षा गरेको बताउनुभयो । पछिल्लो समय काउन्सिलले केही युट्युब च्यानलको अनुगमन गर्दै आएको उल्लेख गर्दै उहाँले विद्यमान कानुनमा रहेको ‘पत्रपत्रिका’ शब्दको सट्टा ‘सञ्चारमाध्यम’ भन्ने शब्द संशोधन गरेमा सबै सञ्चारमाध्यमको अनुगमन र निगरानी गर्ने कानुनी अड्चन हट्ने उल्लेख गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले मूलधारका सञ्चारमाध्यममा सामाजिक सञ्जालले समाचार सामग्री, विज्ञापन, पाठकलगायतका विषयमा प्रभाव पारेको बताउनुभयो । उहाँले युट्युबलगायतका सामाजिक सञ्जालका समाचार सामग्रीमा अनुगमन, नियन्त्रण र सम्पादन नहुँदा समाजमा नकारात्मक असर पर्ने गरेको बताउनुभयो । अध्यक्ष पोखरेलले लोककल्याणकारी विज्ञापन चन्दा नभएर विज्ञापन भएको जिकिर गर्नुभयो ।
डिजिटल मिडिया सोसाइटीका अध्यक्ष तथा बाह्रखरी अनलाइनका प्रधानसम्पादक प्रतीक प्रधानले कुनै पनि घटनामा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दा विचार गर्नुपर्ने बताउनुभयो । विज्ञापनदाताले सामाजिक सञ्जालमार्फत सिधै विज्ञापन दिँदा अहिले व्यावसायिक पत्रकारिता मर्न लागेको उहाँको भनाइ थियो । “पत्रकारिता हामीलाई मात्र चाहिने होइन, सबैलाई चाहिने हो भने सबै गम्भीर हुनुपर्छ । सरकारले पनि सोच्नुपर्छ,” उहाँको सुझाव थियो ।
विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन र मिडिया एकअर्कामा जोडिए पनि यसका बारेमा खासै चर्चा हुन नसकेको बताउनुभयो । कुनै पनि मिडियाले सामग्री सम्प्रेषण गर्दा निःशुल्क गर्न नहुने उहाँको धारणा थियो । सामाजिक सञ्जालमा सिधै विज्ञापन दिएर मिडियामा विज्ञापन घटेको भए पनि त्यसको व्यवस्थापनका लागि आवश्यक कानुन बन्न बाँकी रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय समाचार समितिका प्रधान सम्पादक एकराज पाठकले कपीपेष्ट पत्रकारिताले पेसालाई अविश्वनीय बनाएकाले रोक्नका लागि काउन्सिलले बढी ध्यान दिनुपर्ने बताउनुभयो । अग्रज पत्रकार शम्भु श्रेष्ठले छापामाध्यमलाई नयाँ प्रविधिसँग जोड्दै नगए सङ्कट थपिदै जाने बताउनुभयो । प्रेस काउन्सिलले पत्रकारिताका पछिल्ला आयाम र चुनौती सम्बोधन गर्न गत साउनदेखि सम्पादक संवाद शृङ्खला सुरु गरेको हो । यसलाई निरन्तरता दिइने काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जानकारी दिनुभयो ।
सञ्चारिका समूहकी महासचिव वसन्ती बाँस्तोलाले परिवारमा कतिपय कुरा साना सदस्यलाई सुनाउन हुँदैन भन्ने गरिएको भए पनि अहिले सामाजिक सञ्जालका कारण सबैले एकैपटक थाहा पाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मिडियामा साहुजीले यसलाई व्यवसाय र पत्रकारका लागि यो समाज सेवा भन्ने गरेको छ । यसलाई हटाउँदै जानुपर्छ ।”
अन्तराष्टिय पत्रकार महासङ्घका केन्द्रीय सदस्य बद्री सिग्देलले अभिव्यक्ति स्वतन्त्रतालाई प्राथमिकता दिँदा काउन्सिलजस्ता निकायले आचारसंहिताको अनुगमन र नियमन गर्नुपर्ने बताउनुभयो । समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणि सुवेदीले अरु मिडियाको विश्वासनीयता घटेपछि अहिले पाठक सामाजिक सञ्जालतिर लागेको धारणा राख्नुभयो । पत्रकार आफैँले खोज्न र प्रस्तुत गर्न नसकेपछि सामाजिक सञ्जालले विश्वास जित्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “पत्रकारहरू आफैँ बसेर एकअर्काको गल्ती खोजेर समाधान गर्न सकिन्छ ।”
व्यावसायिक पत्रकारिता अध्ययन केन्द्रको समन्वयमा भएको उक्त कार्यक्रममा केन्द्रका संस्थापक अग्रज पत्रकार किशोर नेपाल, पत्रकारहरु विनु सुवेदी र रुचि श्रेष्ठले प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा सम्पादकहरू गुणराज लुइँटेल, हरिबहादुर थापा, अरुण बराल, गजेन्द्र बुढाथोकी, शिवकुमार भट्टराई, राजु सिलवाल, विमल गौतम, पुष्पहरि क्याम्पा राई, मात्रिका पौडेल, सरोज मिश्र, कल्पना आचार्य, प्रकाश रिमाल, मिलन तिमिल्सिना, केपी ढुङ्गाना, पदमराज जोशी, विष्णुगोपाल कुसी, उपासना घिमिरे, ज्योति जिसीसहितले विषयवस्तुमाथि संक्षिप्त सुझाव राख्नुभएको थियो ।
छापामाध्यम, अनलाइन, रेडियो, टेलिभिजन, युट्युब च्यानलसहितका सम्पादक र समाचार कक्षका प्रमुखसहित ९० जना सहभागी हुनुहुन्थ्यो । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन, मधेसी पत्रकार समाज, अनलाइन टिभी सङ्घसहित विभिन्न सञ्चार सङ्गठनका अध्यक्ष र प्रतिनिधिसमेत कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।
Comments
अरु समाचार
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...












