आजको राशिफल: आज २०८० साल माघ २९ गते सोमबार
मेषः रमाइला ठाउँको भ्रमण गर्ने अवसर जुट्नुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउन सक्छ। मनग्य अर्थ लाभ पनि हुनेछ। दिन मनोरञ्जनपूर्ण र उत्साहवर्द्धक रहनेछ। आँटेको काम बन्नाले भौतिक सुविधा बढ्नेछ। साथीभाइको आगमनले काममा हौसला जाग्नेछ।
वृषः अवसरवादीहरूबाट अलि सजग रहनुहोला। मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ। काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ। प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। समयमा गम्भीर नबन्दा काममा पनि दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला।
मिथुनः काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्यमा हेलचेक्र्याइँ गर्दा काममा समेत बाधा हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ।
कर्कटः निर्णय लिएर पनि शंका गर्ने बानीले दुविधा उत्पन्न हुनेछ। घर–सल्लाह गरी बेलैमा योजना बनाएर गरेको कामले फाइदा हुनेछ। नियमित काम सम्पादन हुनेछ। नयाँ काममा पनि आफन्तजनले साथ दिनेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बुद्धिको उपयोगले राम्रै उपलब्धि दिलाउनेछ। शुभचिन्तकहरू जुट्नाले उचित कर्मफल प्राप्त हुनेछ।
सिंह : अवसर आए पनि परिस्थिति त्यति सहज नरहला। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ।
कन्याः विवादास्पद कामको जिम्मेवारी आउनाले केही समस्यामा परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। लेनदेनका सन्दर्भमा पनि केही वादविवाद हुन सक्छ।
तुला : प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। समयको महत्त्व ख्याल नगर्दा अवसर गुम्न सक्छ। भेटघाट र शिष्टाचारमा अलमलिनुपर्ला। अध्ययनमा बाधा हुनेछ। खानपानको सोखले स्वास्थ्य प्रतिकूल बन्ने देखिन्छ। सहयोगीहरू भेटिए पनि अरूको भरले मात्र काममा सफलता प्राप्त नहुन सक्छ। राम्रो नतिजा हातपार्न रोकिएको काम दोहोर्याउनुपर्ला।
वृश्चिकः काम रोकिए पनि दोहोर्याएर प्रयत्न गर्नुहोला। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। दिगो योजनाका लागि ऋण लिने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ।
धनु : फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। खर्च गरेर पनि त्यति लाभ उठाउन नसकिएला। मिहिनेत गर्दा पछि फाइदा हुने काममा जग बसाउने मौका छ। छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। रकम आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
मकरः मिहिनेतले जीवनशैलीमा सुधार ल्याउन सकिनेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ। व्यवसायमा फाइदा हुनेछ तर नयाँ काम गर्न समय पर्खनुहोला। सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। अवसर प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पुरानो हिसाबकिताब सुल्झाउन समय लाग्नेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।
कुम्भः अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। तर, धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। प्रयत्नले मात्र काम पूर्ण हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा पनि थकान महसुस हुनेछ।
मीनः मिहिनेत गर्दा उपलब्धिको स्रोत भने पहिल्याउन सकिनेछ। दौडधुपमै समय बित्नेछ भने मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्नेछ। काम समयमा पूरा गर्न मुस्किल देखिछ। हुलमुलमा धनमाल जोगाउन सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला।
Comments
अरु समाचार
-
अमेरिकी राष्ट्रपति ट्रम्प चीनको राजकीय भ्रमणका लागि बेइजिङमा
बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनको राजकीय भ्रमणका लागि बुधबार साँझ बेइजिङ आइपुग्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा...
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
आकर्षण म्यानपावरमा तनाव: मलेसिया रोजगारीमा अनियमितताको आरोप, आवेदक आक्रोशित
काठमाडौं । आकर्षण म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि मलेसियाको जाबेल कम्पनीमा “फ्री भिसा, फ्री टिकट” भन्दै कामदार छनोट प्रक्रियामा अनियमितता भएको...
-
धादिङमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा ३७ यात्रु घाइते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा तीन वटा सवारी साधन एकैठाउँ ठोक्किँदा ३७ जना घाइते भएका छन् ।...












