आफ्नै अभिव्यक्तिका कारण चौतर्फी विवादमा कोशीका मुख्यमन्त्री
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की पछिल्लो समय आलोचनाको घेराबन्दीमा परेका छन् । कार्कीले सार्वजनिक मञ्चबाट दिएको अभिव्यक्तिका कारण चर्को आलोचनाको सिकार बनेका हुन् ।
गत सोमबार मोरङको सुन्दरहरैंचास्थित साँजीलाल माविको वार्षिकोत्सवमा उनले आफू विद्यार्थीकालमा सधै लास्ट बेन्तर भएर पनि मुख्यमन्त्री बनेको तर फस्ट बेन्चर खरिदार भएर आफ्नो भुँडीमात्र भर्न ठिक्क भएको भनेर सारै निम्छरो टिप्पणी गरेका थिए । सार्वजनिक कार्यक्रमा आफ्नो पद र मर्यादाको सामान्य हेक्का समेत नराखी कार्कीले गरेको भाषणको कर्मचाीहरु मात्र नभएर राजनीतिकर्मीहरुलाई समेत चित्तबुझेको छैन् । उनले मिहिनेत गरेर अध्यायन गर्ने, अनुसाशीत, नियमित विद्यालय आउने र पहिलो स्थानमा बस्न रुचाउने विद्याथीका साथै, सरकारी जागीर खाएर राष्ट्रको सेवा गर्ने सोच भएका विद्यार्थीहरुलाई अबहेलना गरेको प्रष्ट देखिन्छ ।
कार्कीले आफूहरूको आत्मसम्मानमा चोट पुग्ने गरी अभिव्यक्ति दिएको भन्दै निजामती कर्मचारीका विभिन्न चार संगठनद्वारा उनले आफ्नो अभिव्यक्तिमा क्षमायाचना नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । ‘म कक्षामा लास्ट बेन्चर हुँ, फस्ट बेन्चमा बस्नेले केवल लेख्न र पढ्नमात्र जान्यो,’ उनले भनेका थिए, ‘कसरी लोकसेवा पास गर्ने र भुँडी भर्ने मात्र जान्यो, ऊ अहिले खरिदार छ, म मुख्यमन्त्री छु ।’
कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन कोशीका अध्यक्ष मानबहादुर वन, एमालेनिकट निजामती कर्मचारी संगठन कोशीका अध्यक्ष काशीराज पराजुली, माओवादी केन्द्रनिकट कर्मचारी संगठन कोशीका अध्यक्ष रुद्र सुवेदी र एकीकृत समाजवादीनिकट कर्मचारी संगठन कोशीका कार्यवाहक अध्यक्ष योगेश्वर खनालले संयुक्त विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कार्कीको उक्त अभिव्यक्ति गैरजिम्मेवार, अपरिपक्व र आपत्तिजनक भएको उल्लेख गर्दै क्षमायाचनाको माग गरेका छन् ।
त्यतिमात्र हैन् कार्कीले तीन दिनअघि चार मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्दा सहमति र सहकार्यविपरीत गएको भन्दै सत्तारूढ समाजवादी र कांग्रेसको संसदीय दलले तीव्र आलोचना गरिरहेको छ । उनले कांग्रेसबाट दुई मन्त्री र दुई राज्यमन्त्री तथा माओवादी केन्द्रबाट दुई मन्त्री नियुक्त गरेका थिए । त्यसमा असन्तुष्टि जनाउँदै कांग्रेस नेता उद्धव थापा र समाजवादी संसदीय दलका नेता राजेन्द्र राईले कार्कीलाई काँध थाप्न नसकिने बताएका थिए ।
एमालेको समर्थनमा मुख्यमन्त्री भएलगत्तै कार्कीले एमालेका रामबहादुर मगर र कांग्रेसका शमशेर राईलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए । त्यसमाथि मुख्यमन्त्री कार्कीले दुई साताअघि मात्रै प्रदेश सांसद र पदाधिकारीलाई सुविधा दिने गरी चोरबाटोबाट अध्यादेश ल्याएको भन्दै एमाले उनीसँग थप बिच्केको हो । अध्यादेश फिर्ता नलिए समर्थन फिर्ता लिएर अन्य विकल्पको खोजी गर्ने एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले चेतावनी नै दिइसकेका छन् ।
Comments
अरु समाचार
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
जनता मावि त्रिजुगाको ५९औँ वार्षिकत्सवमा पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
मोरङको सुन्दरहरैचा–३ स्थित जनता माध्यमिक विद्यालय त्रिजुगाले आयोजना गरेको ५९औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा पत्रकार शिव भट्टराई भोजपुरेलाई...
-
हर्क साम्पाङ सुनसरी- १ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेका छन्।...
-
मोटरसाइकल दुर्घटनामा क्रिकेटर थापाको मृत्यु
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक...












