आज प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’, कसरी भयो सुरुवात ?
काठमाडौं । नेपालसहित विश्वका अधिकांश देशमा आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे एकअर्कामा प्रेम साटासाट गरी मनाइँदैछ।
हरेक वर्ष फेब्रुअरी १४ मा प्रेमी-प्रेमिकासँगै प्रियजनमा प्रेम र सद्भाव साटासाट गरेर प्रणय दिवस मनाउने गरिन्छ।
युवायुवतीले यस दिनलाई आफ्नो प्रेम व्यक्त गर्ने दिनका लागि पनि लिने गर्छन्। आजका दिन प्रेमको प्रतिकका रुपमा रहेको रातो गुलाबको फूल आफ्ना प्रियजनलाई दिने चलन छ।
प्रेमका पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको विश्वास गरिन्छ।
हरेक वर्ष यस दिवसको अवसरमा विदेशबाट लाखौँको गुलाफ आयात हुने भएपनि सरकारले यसवर्ष भने भारतबाट गुलाफको आयातमा प्रतिबन्ध लगाएको थियो।
सप्ताहव्यापी रुपमा यस भ्यालेन्टाइन्स डे फेब्रुअरी ७ अर्थात् राेज डेदेखि आज फेब्रुअरी १४ भ्यालेन्टाइन्स डेसम्म रहन्छ।
कसरी भयो सुरुवात?
प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्व थुप्रै देशहरूमा भ्यालेन्टाइन्स् डे अर्थात् प्रणय दिवसको रूपमा मनाइने यस दिनकाे इतिहास भने दु:खद् छ।
तेस्रो शताब्दीमा रोममा एक शासक थिए- क्लोडियस द्वितीय। उनको मान्यता थियो- जब बिहे गरिन्छ पुरुषको शक्ति र बुद्धि नष्ट हुन्छ। त्यही कारण उनले राज्यमा यस्तो उद्घोष गरिदिए- आजदेखि कुनैपनि अधिकारी वा सैनिकले बिहे गर्न पाउने छैन।’
रोमनका पादरी सेन्ट भ्यालेनटाइनलाई क्लोडियसको यो कुरा पटक्कै मन परेन। उनले उक्त उद्घाेषको विरोध गरे। सेन्ट भ्यालेनटाइनले सबैलाई बिहे गर्नका लागि उक्साए। यही क्रममा केही अधिकारी र सैनिकले विवाह गरे।
जब सेन्ट भ्यालेनटाइनले आफ्नो मान्यता विपरीत प्रेम र विवाहका लागि अरूलाई प्रेरित गरेको क्लोडियसले थाहा पाए तब उनले भ्यालेनटाइनलाई बन्दी बनाउने आदेश दिए। यसपश्चात् भ्यालेनटाइनलाई ‘कालकोठरी’मा बन्दी बनाइयो।
आखिरमा सेन्ट भ्यालेनटाइनलाई फाँसी दिने सजाय सुनाइयाे। फाँसीको आदेश सुनेर सेन्टले जेलरकी दृष्टिविहीन छोरीको नाममा एकप्रेम पत्र लेखे। उनले त्यसमा लेखेका थिए- ‘फ्रेम योर भ्यालेनटाइन।’ यससँगै उनले प्रेमपूर्वक फूल उपहार पठाए। मृत्युअघि उनले जेलरलाई भने- म मरेपछि मेरो आँखा तपाईँकी आफ्नी दृष्टिविहीन छोरीलाई दिनू।’
राजाले सन् २६९ को १४ फेब्रुअरीमा भ्यालेनटाइनलाई फाँसी दिए। यही दिनलाई भ्यालेनटाइनको समर्पणमा मानिसहरूले ‘भ्यालेनटाइन डे’ मनाउन सुरु गरेका हुन्।
Comments
अरु समाचार
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
केही दिनसम्म सम्पर्कविहिन पूर्व कार्यवाहक महालेखापरीक्षक अन्ततः मृत भेटिए
काठमाडौं । परिवारबाट केही दिनदेखि सम्पर्कविहिन भएका पूर्व कार्यवाहक महालेखा परीक्षक वामदेव शर्मा अधिकारी अन्ततः मृत फेला परे । उनको...











