आजको राशिफल : २०८० साल फागुन ४ गते शुक्रवार
मेष : समयमा सजग नहुँदा कर्मफल अरूले हत्याउने चेष्टा गर्नेछन्। स्वास्थ्य कमजोर रहनेछ, आहारविहारमा ध्यान पुर्याउनुहोला। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। खानपान एवं मनोरञ्जनमा रमाउने समय छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
वृष: आफन्तहरूको साथ जुट्नेछ। वादविवादमा अघि नसर्नुहोला, मिहिनेतले काम बन्नेछ।चुनौतीपूर्ण जिम्मेवारी आए पनि बुद्धि–विवेकले काम लिन सकिनेछ। केही खर्च भए पनि काम बन्नेछ। शत्रु र रोगमाथि विजय प्राप्त हुनेछ। भौतिक साधन प्राप्त हुनेछन्। व्यापार बढ्नेछ ।
मिथुन: कामको मेसो नमिल्दा केही अलमल हुनेछ। समयमा गम्भीर नबन्दा पनि दुस्ख पाइनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। दिउँसोदेखि चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
कर्कट :साझेदारीमा असमझदारी बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। श्रम परे पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। हतारमा निर्णय नलिनुहोला।
सिंह : काममा प्रतिस्पर्धा बढ्नेछ तापनि व्यवसायमा मनग्य लाभ हुनेछ। मध्याह्नपछि अवसरवादीहरूले झुक्याउन सक्छन्। आफन्त र साथीभाइसँग पनि सन्तुलित व्यवहार गर्नुपर्ला। बिना योजना काम थाल्दा दुस्ख पाइनेछ। अरूको मुख ताक्ने बानीले काममा पछि परिनेछ। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला।
कन्या: शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। दिउँसोदेखि नयाँ योजनातर्फ अग्रसर भइनेछ। साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। नाम, दाम र इनाम प्राप्त हुने समय छ।
तुला : काम पूरा नभए पनि आंशिक फाइदा हुनेछ। हतारमा निर्णय लिँदा काम दोहोर्याउनुपर्ला। शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्नेछ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला।
वृश्चिक: व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। दिउँसोदेखि महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द पनि प्राप्त हुनेछ।
धनु : श्रमको उचित मूल्य पाइनेछ। आम्दानी बढ्नेछ। रोकिएको काम बन्नेछ र जिम्मेवारी पनि बढ्नेछ। दिउँसोदेखि अवसरका लागि केही दौडधुप गर्नुपर्ला। व्यवसायमा थप लगानी आवश्यक पर्नेछ। प्रयत्न गर्दा व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ।
मकर: काम रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसोदेखि गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व बढ्नेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पुरानो समस्या सुल्झानाले विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ।
कुम्भ : ईर्ष्यालु मन भएकाहरूले सताउनेछन्। अरूका काममा धेरै समय व्यतीत गर्नुपर्नेछ। हडबडको त्रुटिले काम दोहोर्याउनुपरे पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ।
मीन: बाध्यात्मक परिस्थितिले काम रोकिनेछ। अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय रहेको हुँदा अलि सजग रहनुपर्ला। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ।
Comments
अरु समाचार
-
खाडी देशमा रहेका झन्डै १६ हजार नेपालीहरूको विवरण सङ्कलन
काठमाण्डौ । खाडी देशहरुमा चलिरहको युद्धपछि सरकारले त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित रूपमा विवरण सङ्कलनको काम गरिरहेको छ । परराष्ट्र...
-
उत्साहपूर्वक मतदान जारी, ६५ प्रतिशत मत खस्ने आयोगको अनुमान
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् । मतदान गरेपछि...
-
काठमाडौंमा मतदान गरेर हेलिकोप्टरबाट झापा गए बालेन
काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा प्रस्थान गरेका छन् । त्रिभुवन विमानस्थल प्रहरी स्रोतका अनुसार उनी केहीबेरअघि...
-
प्रधानमन्त्री कार्कीले धापासी मतदान केन्द्र पुगेर गरिन् मतदान
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार बिहानै काठमाडौँको टोखा नगरपालिका धापासीस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेकी...
-
प्रतिनिधिसभा निर्वाचन : छमध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाइने
काठमाडौं । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचयपत्र वा त्यसको विकल्पमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान...
-
चुनाव बिथोल्ने कुनै तत्व छैन, ढुक्क भएर मतदान गर्नुस्ः निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।निर्वाचन आयोगका...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
निर्वाचनको अघिल्लो दिन पक्राउ परे पर्सा र सिरहाका दुई उम्मेदवार
काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक जना उम्मेदवारलाई पक्राउ गरेको छ । प्रहरीले पर्सा–२ का नेकपा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...











