क्यानडा–११ विरुद्ध नेपाल ‘ए’को दुई विकेटको रोमाञ्चक जित
काठमाडौं । क्यानडा एघारलाई दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले पराजित गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा नेपालले ८ विकेट गुमाएर पूरा गर्दै रोमाञ्चक जित निकाल्न सफल भएको हो ।
यो जितसँगै नेपालले ३ खेलको शृंखला १–१ को बराबरी अवस्थमा पुगेको छ । पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो ।
आजको खेलमा नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए ।
यस्तै नेपालको व्याटिङतर्फ बसिर अहमदले ५२ रनमा नट आउट रहेर महत्वपूर्ण पारी खेले । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो ।
क्यानडाका लागि श्रेयास मोभ्भाले सबैभन्दा धेरै ६८ रन बनाए । नवनित दलिवाल ४६ र आरोन जोनसनले ३६ रन बनाए ।
साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।
Comments
अरु समाचार
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
जावलाखेल चिडियाखानाका प्रमुखमाथि छानबिन थालियो, बर्ड फ्लु सङ्क्रमणको सूचना लुकाएको आरोप
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा बर्ड फ्लु (एच५एन१) सङ्क्रमण पुष्टि भएको जानकारी राष्ट्रिय प्रकृति संरक्षण कोषको केन्द्रीय कार्यालयलाई समयमै नदिई...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र वरिष्ठ नेता शाहले उद्घाटन गर्ने
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ऐतिहासिक प्रथम राष्ट्रिय महाधिवेशन आज (आइतबार) देखि चितवनको भरतपुरमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...











