पहिलो टी–२० आईमा सिरिजः रोमाञ्चक खेलमा नेपाल नामिबियासँग पराजित
काठमाडौं । आईसिसी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङ गरेको नामिबियाले निर्धारित ओभरमा चार विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १८.५ ओभरमा अलआउट हुनुअघि एक सय ८६ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४८ रन बनाए । कप्तान रोहित पौडेलले पनि ४२ रनको योगदान गरे । कुशल मल्ल ३२ रन बनाउँदै आउट भए । सोमपाल कामीले पनि टोलीको खातामा २६ रन थपे । करण केसी दुई रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा सात रन पायो ।
निकै रोमाञ्चक खेलमा नेपाललाई लक्ष्यसम्म पुग्न नदिन नामिबियाका बलर रुबेल ट्रम्पलम्यानले चार विकेट लिए । उनले ३.५ ओभरमा २९ रन खर्चिएका थिए । ब्रेन्डन स्कोल्ज, जन फ्राइलिंक र जन निकोल लफ्टी ईटनले पनि दुई–दुई विकेट हात पारे ।
त्यसअघि पहिले ब्याटिङ गरेको नामिबियाका ब्याट्सम्यान प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका थिए । नामिबियाका एक ब्याट्सम्यानले कीर्तिमानी शतक र अर्का ब्याट्सम्यानले अर्धशतक बनाएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका जन निकोल लफ्टी ईटनले कीर्तिमानसहित एक सय एक रन बनाए ।
उनले केवल ३६ बलमा आठ छक्का र ११ चौका पनि प्रहार गरे । उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि आफ्नो नाममा पारे । उनी नेपाली ब्याट्सम्यान कुशल मल्लको कीर्तिमान तोड्दै सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका हुन् ।
ईटनले केवल ३३ बलमा शतक पुरा गरे । कुशल मल्लले भने सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा खेलिएको मंगोलियाविरुद्धको खेलमा ३४ बलमा शतक बनाएका थिए । चीनमा सम्पन्न एसियाली खेलकुदअन्तर्गत खेलिएको उक्त खेलमा कुशल मल्लले केवल ५० बलमा अविजित एक सय ३७ रन बनाएका थिए ।
नामिबियाका लागि ओपनर ब्याट्सम्यान मलान क्रुगरले पनि अविजित ५९ रनको योगदान गरे । उनले ४८ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए । नामिबियाले ६२ रनको कुल स्कोरमा तीन विकेट गुमाएको थियो ।
त्यसपछि क्रुगर र ईटनले टोलीको स्कोरलाई एक सय ९७ रनको बलियो स्थितिसम्म पुर्याएका थिए । नामिबियाको रन रेट १०.३० रह्यो । नामिबियाले अतिरिक्त रुपमा पनि नौ रन पायो । नामिबियाका कप्तान जोहानेस जोनाथन स्मित एक रनमा अविजित रहे । नेपाली टोलीका बलर रोहित पौडेलले दुई विकेट लिए । करण केसी र अविनाश बोहराले पनि एक–एक विकेट हात पारेका थिए ।
नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुशल भुर्तेललाई गुमाएको थियो । कुशल भुर्तेल खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । उनलाई नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले एलबीडब्लूको धरापमा पारेका थिए । उनी पहिलो ओभरको पहिलो बलमै आउट भएका हुन् ।
नेपालले दोस्रो विकेटका रुपमा ओपनर आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ शेख ६ बलमा ६ रन बनाउँदै आउट भएका थिए । उनको विकेट पनि ट्रम्पलम्यानले नै लिएका थिए । ट्रम्पलम्यानले उनलाई जन फ्राइलिंकद्वारा क्याच गराएका थिए । २.५ ओभरमा उनी आउट हुँदा नेपालले २० रन बनाएको थियो ।
तेस्रो विकेटका रुपमा कप्तान रोहित पौडेल ४२ रन बनाउँदै आउट भएका थिए । पेभेलियन फर्किनुअघि रोहितले केवल २४ बलमा तीन छक्का र तीन चौका पनि हिर्काएका थिए । उनलाई नामिबियाका बलर ईटनले फ्राइलिंकद्वारा क्याच गराएका थिए । ७.३ ओभरमा उनी आउट हुँदा नेपाली टोलिले ७७ रन बनाएको थियो ।
नेपालले चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले २१ बलमा एक छक्का र चार चौकाको मद्दतले ३२ रन बनाएका थिए । उनलाई नामिबियाका बलर बेनार्ड स्कोल्जले कप्तान स्मितद्वारा क्याच गराएका थिए । ९.५ ओभरमा कुशल मल्ल आउट हुँदा नेपालले ९१ रन बनाएको थियो ।
नेपालले पाँचौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी ६ बलमा एक छक्का र एक चौकाको मद्दतले १२ रन बनाउँदै आउट भएका थिए । उनलाई स्कोल्जले बोल्ड गरेका थिए । ११.५ ओभरमा गुलसन आउट हुँदा नेपालले एक सय १५ रन बनाएको थियो ।
नेपालले छैटौँ विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको थियो । उनी पाँच बलमा पाँच रन बनाउँदै आउट भएका थिए । उनलाई नामिबियाका बलर लफ्टी ईटनले फ्राइलिंकद्वारा क्याच गराएका थिए । फ्राइलिंकले लिएको यो तेस्रो क्याच थियो । १३.३ ओभरमा सन्दीप आउट हुँदा नेपालले एक सय २७ रन बनाएको थियो ।
नेपालले सातौँ विकेटका रुपमा विवेक यादवलाई गुमाएको थियो । उनी चार बलमा एक चौकाको मद्दतले ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई नामिबियाका बलर फ्राइलिंकले स्कोल्जद्वारा क्याच गराएका थिए । १४.२ ओभरमा विवेक आउट हुँदा नेपालले एक सय ३४ रन बनाएको थियो ।
नेपालले आठौँ विकेटका रुपमा सोमपाल कामीलाई गुमाएको थियो । उनी ११ बलमा तीन छक्का र एक चौकाको मद्दतले २६ रन बनाउँदै आउट भएका थिए । उनलाई नामिबियाका बलर फ्राइलिंकले स्कोल्जद्वारा क्याच गराएका थिए । १७.१ ओभरमा सोमपाल आउट हुँदा नेपालले एक सय ७० रन बनाएको थियो ।
नेपालले नवौँ विकेटका रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो । उनी ४८ रन बनाउँदै आउट भएका थिए । उनले ३२ बलमा दुई छक्का र दुई चौका पनि हिर्काएका थिए । उनलाई नामिबियाका बलर ट्रम्पलम्यानले विकेटकिपर ग्रिनद्वारा क्याच गराएका थिए । १८.४ ओभरमा उनी आउट हुँदा नेपालले एक सय ८६ रन बनाएको थियो ।
नेपालले दशौँ तथा अन्तिम विकेटका रुपमा अविनाश बोहरालाई गुमाएको थियो । उनी खाता खोल्नुअघि नै पेभेलियन फर्किएका थिए । उनी पहिलो बलमै आउट भएका थिए । अविनाषलाई नामिबियाका बलर ट्रम्पलम्यानले बोल्ड गरेका थिए ।
बलिङतर्फ नेपालले आशाजनक प्रर्दशन गर्न सकेन । रोहित पौड्येलले दुई विकेट लिए भने करण केसि र अविनाश बोहोराले समान एक–एक विकेट लिएका थिए ।
Comments
अरु समाचार
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...
-
टी–२० विश्वकपमा आज तीन रोमाञ्चक खेल, नेपाल समूहमा रहेका इंग्ल्याण्ड–वेस्ट इण्डिज प्रतिस्पर्धामा
काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत आज बुधबार तीन रोमाञ्चक खेल हुँदैछन्। समूह ‘डी’ मा दक्षिण अफ्रिका र अफगानिस्तान, समूह...
-
आईसीसी टी–२० विश्वकप: नेपालले आज इंग्ल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आज इंग्ल्याण्डसँग खेल्दैछ । खेल मुम्बईको वानखडे स्टेडियममा नेपाली समयअनुसार दिउँसो...
-
टी–२० विश्वकप तयारी : नेपालको अन्तिम अभ्यास खेल आज क्यानडासँग
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीस्वरूप अन्तिम वार्मअप खेलमा नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ। चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा हुने खेल...
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...












