तेह्रौँ संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय र्यङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरिमा
काठमाडौं । तेह्रौँ पुष्पलाल स्मृति राष्ट्रिय र्यङ्किङ ब्याडमिन्टन प्रतियोगिता चन्द्रागिरि नगरपालिकास्थित महाँकाल ब्याडमिन्टन क्लबको कभर्डहलमा सुरु भएको छ । यही फागुन १९ गतेसम्म जारी रहेन सो प्रतियोगितामा तीन विभागीय टोली नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलसहित ६० जिल्ला र क्लबका दुई सय ७२ खेलाडीले विभिन्न १२ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले शुभारम्भ गर्नुहुँदै नगरमा विभिन्न खेलकुद विकास एवं प्रवर्द्धन गर्न नगरपालिकाले उच्च प्राथमिकता दिएको जानकारी दिए। कार्यक्रममा पूर्वमन्त्री कर्णबहादुर थापा, चन्द्रागिरि नगपालिका उपप्रमुख वसन्ती श्रेष्ठ, नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो । यही फागुन १४ देखि सुरु सो प्रतियोगितालाई चन्द्रागिरि नगरपालिकासहित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले सहयोग पुर्याएको छ ।
प्रतियोगितामा नेपाल ब्याडमिन्टन सङ्घको शीर्ष आठ बरियतामा रहेका पुरुष र महिलाको एकल, आठ बरियतादेखि बाहेकका पुरुष र महिला एकल, पुरुष र महिला युगल, यु–१७ ब्वाइज र गल्र्स एकल, भेट्रान्स ४५ वर्षमाथि र मास्टर्स ५५ वर्षमाथि, यु–१३ को ब्वाइज र गल्र्स एकल गरी १२ विधामा प्रतिस्पर्धा भइरहेको महाँकाल ब्याडमिन्टन क्लबका अध्यक्ष श्रीहरि थापाले जानकारी दिए ।
उनले भने, “ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्न पाउनु क्लबका लागि गौरवको विषय रहेको छ । क्लब आगामी दिनमा छुट्टै ब्याडमिन्टन एकेडेमी स्थापना गर्ने ध्येयले अगाडि बढिरहेको छ ।”
ब्याडमिन्ट खेलकुदको इतिहासमा एक सम्मानितरूपमा रहेको सो प्रतियोगिताको कुल पुरस्कार राशि रु सात लाख २३ हजार रहेको छ । शीर्ष आठ बरियताका खेलाडीको प्रतिस्पर्धा दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेलाइने जनाइएको छ ।
यस विधामा सहभागी प्रत्येक खेलाडीले नगद रु १५ हजार प्राप्त गर्ने र लिग चरणका प्रत्येक खेलमा जित हात पारेबापत थप नगद रु एक हजार पाँच सय प्राप्त गर्नेछन् । दुई समूहका शीर्ष दुई स्थान प्राप्त गर्ने खेलाडीले सेमिफाइनलमा स्थान पक्का गर्नेछन् । विजयी खेलाडीले रु ५० हजार, उपविजयीले रु ३० हजार र सेमिफाइनलिस्टद्वयले रु १५ हजार नगदसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने राष्ट्रिय ब्याडमिन्टन सङ्घका महासचिव सुनिलमान शाक्यले जानकारी दिए ।
प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले मेडल, ट्रफी र प्रमाणपत्रका साथ शीर्ष आठ बरियतादेखि बाहेकको पुरुष एकल र महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले रु २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् । यस्तै पुरुष युगलतर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले रु ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्नेछन् ।
महिला युगलतर्फका शीर्ष तीनले रु २० हजार, १० हजार र पाँच हजार प्राप्त गर्नेछन् । यु–१७ र यु–१३ विधामा शीर्ष तीन स्थान प्राप्त गर्नेले रु १५ हजार, आठ हजार र चार हजार तथा भेट्रान तथा मास्टर्सका शीर्ष तीन स्थान प्राप्त गर्नेले रु ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताका दौरान राष्ट्रिय ब्याडमिन्टन सङ्घले नेपालका नम्बर १ खेलाडी एवं पूर्वविश्व जुनियर नम्बर १ खेलाडी प्रिन्स दाहाललाई सम्मान गर्ने भएको छ । पुष्पलाल स्मृति राष्ट्रिय र्यङ्किङ ब्याडमिन्टन प्रतियोगिताको लगातार तीन संस्करणमा विजयी खेलाडीलाई मोटरसाइकलबाट सम्मानित गर्ने पूर्वघोषित निर्णयबमोजिम प्रिन्सलाई सम्मान गर्न लागिएको सङ्घका अध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए । पिन्सले पुष्पलाल स्मृति ब्याडमिन्टनको १०औँ, ११औँ र १२औँ संस्करणमा विजय हात पार्न सफल भएका थिए।
Comments
अरु समाचार
-
विश्वकप लिग-२ : स्कटल्यान्डसँग नेपाल २ रनले भयो पराजित
काठमाण्डाै ।आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग डीएलएस नियमका आधारमा २ रनले पराजित भएको छ । वर्षाका...
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...












