मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् ।
काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे नवनिर्मित भवनमा मुस्ताङका तीन गाउँले थकालीहरूको त्युङ्ला पर्व विभिन्न कार्यक्रम गरी मनाइएको हो।
मुस्ताङका तीन गाउँले थकाली समुदायको महान पर्व ‘त्युङ्ला’ ऐतिहासिक पर्वका रुपमा स्थापित छ । त्युङ्ला थकाली पात्रो अनुसार दोस्रो महिनाको छेव चौध तिथिदेखि तेस्रो महिनाको छेव एकसम्म विभिन्न धार्मिक क्रियाकलाप गरी मनाइन्छ ।
छिरिङ प्रसाद थकालीले अध्यक्षता गरेकाे कार्यक्रममा प्रमुख अतिथि संस्थापक अध्यक्ष हरिबहादुर थकाली रहेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथिहरुमा पूर्व सांसद श्रीमाया थकाली, पूर्व अध्यक्ष सञ्जय थकाली, अशोक थकाली, मीनबहादुर थकाली, आमा समूहका पूर्व अध्यक्ष सरम थकाली र वर्तमान अध्यक्ष राममाया थकाली लगायतको विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन तीन गाउँले थकाली सेवा समाजका कार्यकारी सदस्य बादल थकालीले गरेका थिए ।
तीन गाँउले कला, भाषा,संस्कृतिमा धनी रहेकाे यसलाइ जोगाउन थकाली कला, संस्कृति र मौलिकता पुस्तान्तरण गर्न आवश्यक रहेको पाँच गाउँ थकाली सेवा समाजका अध्यक्ष कुलबहादुर थकालीले बताए ।
त्यस्तै पूर्व सांसद श्रीमाया थकालीले भनिन: तीन गाँउले थकाली याे अल्पसंख्यक समुदायकाे विविधता पूर्ण संस्कृतीकाे जगेर्णा गर्ने दायित्व सिंगाे राष्ट्रकाे पनि हाे । यसमा सरकारकाे ध्यानाकर्षण हुनुपर्छ ।
थकाली संस्कृती नेपालकाे नेपालकाे पर्यटन पवर्द्धनकाे मुख्य अाधार बन्रे उनले दावी गरिन ।
कार्यक्रममा स्वागत मन्तव्य सचिव रामबहादुर थकालीले गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष मनेलाल थकालीले प्रस्तुत गरेका थिए । थकाली कला संस्कृतिको संरक्षण एवं सम्बद्र्धन कसरी गर्ने र यसलाई पर्यटकीय रुपमा कसरी प्रस्तुत गरी समाजको समृद्धिमा टेवा पु¥याउने भन्ने कुरामा विशेष छलफल समेत भएको थियो ।
कार्यक्रममा तीन गाउँले थकाली सेवा समाजका भूतपूर्व अध्यक्षहरूले तीन गाँउले थकालीका भाषा,संस्कृती सम्बर्द्धनका लागि देशविदेशमा छरिएर हामी तिन गाँउले थकाली हातेमालाे गरेर अघी बढ्नु पर्नेमा जाेड दिए ।
त्यस्तै तीन गाउँले थकाली सेवा समाजका कार्यकारी सदस्य बादल थकालीले भाषा,संस्कृती,भेषभुषाकाे जग्रेना गरी अल्पसंख्यक तीन गाँउले थकालीकाे संस्कृतीकाे पवर्द्धन गर्न अागामी दिनमा तीन गाँउले थकालीका जानकार विज्ञसंग अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने बताए ।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...












