उपप्रधानमन्त्री श्रेष्ठसँग अमेरिकन राजदूत थम्प्सनको भेटवार्ता
काठमाडौं ।नवनियुक्त उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन थम्प्सनले भेटवार्ता गरेका छन्।
मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । भेटमा अमेरिकी सहयोगमा नेपालमा सञ्चालित विकास परियोजना समयमै सम्पन्न गर्नेलगायत विषयमा छलफल भएको थियो ।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपालमा लगानीमैत्री वातावरण भएको उल्लेख गर्दै आगामी वैशाखमा हुन लागेको लगानी सम्मेलनमा अमेरिकी लगानी भित्र्याउनका लागि आग्रह गरे । साथै राजदूत थम्सनले उपप्रधानमन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका थियो ।
Comments
अरु समाचार
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...
-
नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार
लिस्बन । नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुँदैछ । बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय...












