एमाले गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोरखाको आठौँ जिल्ला अधिवेशनबाट पार्टी जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्रबहादुर थापा विजयी भएका छन् । गएराति सम्पन्न भएको मतगणनामा थापाले निकटतम प्रतिद्वन्द्वी कृष्ण नेपालीलाई ७५ मतले पराजित गर्दै थापा अध्यक्षमा निर्वाचित भएको पार्टीका सचिव काजीराम रोकाले जानकारी दिए । थापाले दुई सय ८० मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेपालीले दुई सय पाँच मत प्राप्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष थापा पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ पक्षधर मानिन्छन् भने नेपाली पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर मानिन्छन् । सर्वसम्मतरुपमा नेतृत्व चयनको प्रयास असफल भएपछि दुवै पक्षबीच प्यानल नै बनाएर प्रतिस्पर्धा भएको हो ।
निर्वाचनमा पार्टी जिल्ला कमिटीको उपाध्यक्षमा मेनबहादुर अधिकारी विजयी भएको बताए । अधिकारी दुई सय ७० मत ल्याएर उपाध्यक्षमा विजयी भएका हुन् भने उनका प्रतिस्पर्धी कमल दानीले एक सय २१ र अर्का प्रतिस्पर्धी कृष्ण काप्रीले ७१ मत प्राप्त गरेका थिए ।
त्यस्तै अधिवेशनबाट पार्टी जिल्ला कमिटीको उपसचिवमा दुई सय ६५ मत ल्याएर मनोज जोशी र उपसचिव महिलातर्फ शान्ति चापागाईं विजयी भएका छन्। एमालेमा ९९ सदस्सीय कार्यसमिति रहने व्यवस्था रहेको छ । सोमध्ये ८९ प्रत्यक्ष निर्वाचनवाट निर्वाचित भएर आउने र १० जना भने कार्यसमितिले मनोनीत गर्ने व्यवस्था रहेको सचिव रोकाले बताए।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












