पर्यटकीय गन्तव्य बन्दै नरसिंहकोट
काठमाडौं । बाइसेचौबिसे राज्य हुँदा भुरे राजाले राज्य सञ्चालन गरेको निसीखोला गाउँपालिका–७ राजकुटस्थित नरसिंहकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने गरी पूर्वाधार निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकार र गाउँपालिकाले पूर्वाधार निर्माणमा लगानी गर्दै आएका छन् ।
पूर्वाधार निर्माण सुरु र प्रचारप्रसार बढेपछि पछिल्लो समय यहाँ आन्तरिक पर्यटकसमेत बढ्दै गएका छन् । नरसिंहकोटमा भौतिक पूर्वाधार निर्माणलाई पनि थप व्यवस्थित र पर्यटनमैत्री बनाउने गरी काम सुरु भएको वडा नं ७ का अध्यक्ष दीपक कुँवर (दिपु) ले बताए ।
बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारको नजिक रहेको यहाँ पछिल्लो समय आन्तरिक पर्यटक बढ्न थालेका छन् । बुर्तिबाङबाट बसमा एक घण्टा यात्रा गरेपछि नरसिंहकोट पुग्न सकिन्छ । यद्यपि सवारीका लागि सालझण्डी–ढोरपाटन सडकको विकल्प नभएकाले लामो बाटो तय गर्नुपर्ने अवस्था छ । बुर्तिबाङबाट अधिकांश पर्यटक पैदल नै त्यहाँ पुग्ने गरेका छन् ।
नरसिंहकोटबाट १५ देखि २० मिनेटको पैदल दूरीमा रहेको टापुमा पनि पर्यटकको आकर्षण बढेको छ । यस क्षेत्रको प्रवद्र्धनका लागि गाउँपालिका र प्रदेश सरकारले निरन्तर लगानी गर्दै आएको वडाध्यक्ष कुँवरको भनाइ छ । उनले अघिल्लो जनप्रतिनिधिको पहलमा पर्यटनपार्क, पाटी, पौवा, मन्दिर व्यवस्थापन, पदमार्ग, घेराबार, झाडी व्यवस्थापन, पुराना संरचनाको पुनःनिर्माणलगायत काम भएको भन्दै अहिले पनि ती कामलाई पूर्णता दिन थालेको कुँवरको भनाइ छ ।
चालु आर्थिक वर्षमा गण्डकी प्रदेशले विनियोजन गरेको रु १० लाख र निसीखोला गाउँपालिकाले विनियोजन गरेको रु सात लाखले भौतिक संरचना थप्दै गएको उहाँले बताउनुभयो । उनले भने, “गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गरेर काम गर्दै आएको छ भने प्रदेश सरकारले पनि लगानी गरेको छ, यस वर्ष गाउँपालिकाले विनियोजन गरेको रकमबाट कालिका मन्दिर निर्माण र गण्डकी प्रदेशले छुट्याएको बजेटले पर्खालसहितको घेराबार लगाउन थालेका छौँ, खानेपानीको व्यवस्थापन गर्नुपर्ने छ भने अन्य धेरै पूर्वाधार निर्माण भइसकेका छन् ।”
नरसिंहकोटमा दैनिक एक सयभन्दा बढी पर्यटक पुग्ने गरेका छन् । अझ बिदाका दिन पर्यटकको सङ्ख्या बढ्ने गरेको छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले पर्यटन विकासमार्फत गाउँपालिकालाई समृद्ध बनाउनसक्ने भन्दै सोहीअनुसार बर्सेनि लगानी भइरहेको बताए।
नरसिंहकोट ऐतिहासिक ठाउँ र यसको धार्मिक महत्व रहेको हुँदा गाउँपालिकाले मुख्य प्राथमिकतामा राखेर काम गरेको उनको भनाइ छ । पर्यटकलाई पैदल यात्रा गर्नका लागि थप सहज होस् भन्ने उद्देश्यले रेलिङसहितको पदमार्ग निर्माण सकिएको उनले बताए ।
“नरसिंहकोटसहित पालिकाका अन्य ठाउँमा पनि हामीले लगानी गर्दै आएका छौँ, यहाँ पूर्वाधार निर्माण गरी प्रचारप्रसारलाई तीव्र बनाएपछि अहिले पर्यटकको आगमन पनि राम्रो छ”, अध्यक्ष घर्तीमगरले भने, “सानो लगानी गाउँपालिकाबाट र ठूलो लगानी प्रदेश सरकारको सहयोगमा भइरहेको छ ।”
नरसिंहकोटमा अहिले पनि मन्दिर छ । जहाँ हरेक वर्षको नवदुर्गाको दिन धुमधामका साथ पूजाआजा गरिन्छ भने पशुपक्षीको बलि पनि चढाइने गरिन्छ । मन्दिरमा वैशाखे पूर्णिमा, मङ्सिरे पूर्णिमालगायत चतुर्दशी पूर्णिमामा सोत पूजाआजा हुने गर्दछ । यहाँ पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । बागलुङ, प्यूठान, गुल्मीलगायत विभिन्न स्थानबाट मानिस पूजाआजा गर्न पुग्ने गर्दछन् ।
यहाँबाट बुर्तिबाङ बजार स्पष्टरुपमा अवलोकन गर्न सकिन्छ भने बागलुङको विभिन्न स्थान, म्याग्दी, प्यूठान, गुल्मी, रोल्पा, रुकुम, पाल्पा, अर्घाखाँचीलगायत जिल्ला देख्न सकिन्छ । साथै धौलागिरि हिमाललगायत दर्जनौँ हिमशृङ्खला र उच्च मनोरम पहाडी भेगको अवलोकन गर्न सकिन्छ ।
Comments
अरु समाचार
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
आम्दानी र सिट उपयोगितामा सुधार, निगमलाई आत्मनिर्भर बनाउने तयारी
काठमाडाैं । नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधारका कामले गति लिन थालेको जनाएको छ। व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता...
-
एआई प्रविधिले उकास्यो चीनको व्यापार, निर्यातमा दोहोरो अंकको वृद्धि
हङकङ। कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी उत्पादनको विश्वव्यापी माग तीव्र बनेसँगै चीनको निर्यात जुन महिनामा वार्षिक आधारमा २७ प्रतिशतले वृद्धि भएको छ...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
सुनसरीमा भ्यान दुर्घटना: २ जनाको मृत्यु, एक घाइते
इटहरी। सुनसरीको इटहरीमा विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन्।...












