न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिन कार्यदलको बैठक बस्दै
काठमाडौं । सरकारको न्यूनतम साझा नीति तथा कार्यक्रम निर्माणका लागि गठित कार्यदलले न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिने तयारी गरेको छ।
आजै टुंगो लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गर्ने गरी मस्यौदा निर्माणको काम भइरहेको रास्वपाका प्रवक्ता एवं कार्यदल सदस्य मुकुल ढकालले जानकारी दिए।
मस्यौदा हस्तान्तर भएसँगै शीर्ष तहमा आन्तरिक छलफल गरेर सरकारले मन्त्रिपरिषदबाट पास गरेपछि न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने ढकालको भनाइ छ।
बिहीबारै नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिने गरी अर्थ मन्त्रालय सिंहदरबारमा बैठक राखिए पनि माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने अर्थमन्त्री वर्षमान पुन संसद् बैठकमा व्यस्त रहेका कारण बैठक आज बिहान ९ बजे बस्ने गरी कार्यदलको बैठक स्थगित भएको थियो।
अघिल्लो वर्ष एमाले, रास्वपा र जसपा सरकारमा सामेल हुँदा बनेको नीति तथा कार्यक्रमलाई सम्पादन गरेर ल्याउने सरकारको तयारी छ। महत्वाकांक्षी कार्यक्रमभन्दा पनि तत्काल गर्न सकिने आर्थिक सुधार, सुशासन र सेवा प्रवाहलगायतका विषय समेटेर मस्यौदालाई अन्तिम रूप दिने दलहरूको तयारी छ।
न्यूनतम कार्यक्रम छोटो र बुँदागत हुने कार्यदल सदस्यहरूले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले समीकरण परिवर्तनको निर्णय लिएसँगै २१ फागुनमा नीति तथा कार्यक्रमका लागि कार्यदल बनेको थियो।
कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन्।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












