प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध
काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेसले अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक केही समय लागि स्थगित भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री सहकारी पीडक भएको भन्दै उनको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिनुपर्न भन्दै कांग्रेसले उभिएर बैठक अवरोध गरेको हो ।
प्रतिनिधि सभाको बैठकमा शुक्रबार गृहमन्त्रीले राजनीतिकदलसम्बन्धि विधेयक पेस गर्ने कार्यसूची पनि थियो । कांग्रेसले बजेटका सिद्धान्त र प्राथमिकताहरूमाथि छलफल गर्नका लागि तयार रहेको तर विवादित मन्त्रीकोबारेमा प्रधानमन्त्रीले जवाफ नदिइकन अरु विषयमा सदन अघि बढ्न नसक्ने कांग्रेसको अडान छ ।
बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने,प्रतिपक्ष उभिएको अवस्थामा संसद् अवरुद्ध हुन्छ । प्रतिपक्ष उभिएको बेला सदन अवरुद्ध मानिन्छ । प्रतिपक्ष उभिएपछि भाषण भूषण हुन शोभनीय मानिदैन ।बजेटसम्बन्धि विषयमा सदन रोक्न चाहन्नौं ।
प्रमुख सचेतक लेखकले कुनै मन्त्री अनुसन्धानको दायरामा छ भने त्यस्तो मन्त्रीलाई पदमा बस्ने हक नहुने मान्यता स्थापित भएको बताए । आजपनि माननीय मन्त्री अनुसन्धानको घेरामा हुनुहुन्छ । प्रधानमन्त्री जवाफ दिने अवस्थामा आउँदै आउनुहुन्न । के प्रतिपक्षलाई सत्ताले वेलमै बोलाएको हो । वेलमै बोलाएको हो भने बाध्य नपारियोस्ु प्रमुख सचेतक लेखकले भने ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












