सजाय कम भएको भन्दै सन्दीपविरुद्ध उच्चमा सरकारी वकिलको पुनरावेदन
काठमाडौं । बलात्कारको कसुरमा दोषी ठहर क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले गरेको सजाय कम भएको भन्दै सरकारका तर्फबाट उच्च अदालत पाटनमा पुनरावेदन भएको छ । उच्च सरकारी वकिलको कार्यालय पाटनले बुधबार दर्ता गरेको पुनरावेदनमा पीडित नाबालिका भए पनि उमेर पुगेको भनेर जिल्ला अदालतले गरेको कैद घटाउने फैसला त्रुटिपूर्ण भन्दै त्यसलाई उल्ट्याउनुपर्ने जिकिर छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपविरुद्धको मुद्दामा गत पुस २५ मा सुनाएको फैसलामा पीडित गौशाला २६ को उमेर १८ वर्ष मानिएको छ । त्यसकै आधारमा सन्दीपलाई ८ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाए तोकिएको थियो । सजाय तोक्नुअघि पुस १३ मा लामिछानेलाई ढकालकै इजलासले बलात्कार कसुरमा दोषी ठहर गरेको थियो । आफूलाई कसुरबिनै सजाय गरेको भन्दै लामिछानेले फागुन १० मा नै जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदनको निवेदन दिएका थिए । उच्च अदालत पाटनले सन्दीपलाई जेल बाहिरै रहेर पुनरावेदन गर्ने सुविधा दिएको थियो ।
सुनुवाइका क्रममा धरौटी वा तारिखमा बसेको भए र १० वर्षभन्दा मुनिको कैद सजाय अदालतले तोकेको छ भने जिल्ला अदालतको फैसलाविरुद्ध थुनामै नबसीकन पुनरावेदन गर्न पाउने कानुनी सुविधा छ । सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतले तारिखमा छाड्ने निर्णय गरेको थियो ।
त्यसविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई २०७९ पुस २८ मा २० लाख रुपैयाँ धरौटीमा छाड्ने तर विदेश जान नपाउने आदेश जारी गरेको थियो । आफूलाई विदेश जान गरिएको प्रतिबन्धविरुद्ध सन्दीपले सर्वोच्चमा अर्को निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल र कुमार चुडालको इजलासले विदेश जान लगाइएको रोक पनि फुकुवा गरेको थियो ।
यसरी, माथिल्ला अदालतबाट सन्दीपले धरौटीमा बस्ने सुविधा पाइसकेकाले र उनलाई १० वर्षभन्दा कम कैद सजाय भएकाले थुना बाहिरै बसेर पुनरावेदन गर्ने सुविधा प्राप्त भएको उच्च अदालत पाटनका रजिस्ट्रार मानबहादुर कार्कीले बताए । दुवै पक्षबाट पुनरावेदन परिसकेकाले अब उच्चले जिल्ला अदालतबाट मिसिल झिकाउने र मुद्दा पेसीमा चढ्नेछ । त्यसपछि दुवै पक्षलाई एकअर्काविरुद्ध परेको पुनरावेदनको सूचना दिने काम हुने कार्कीले बताए । ‘अनि बल्ल मुद्दा सुनुवाइको प्रक्रियामा जान्छ,’ कार्कीले भने ।
फौजदारी कार्यविधि संहिता अनुसूची १ को सूची नम्बर क ९१७० मा दफा २१९ को कसुरअनुसार जबर्जस्ती करणीमा सजाय पाएको व्यक्तिले धरौटीमा बसेर पुनरावेदन गर्न नपाउने उल्लेख छ । प्रावधानहरू बाझिएका हुनाले सन्दीपलाई धरौटीमा बसेर पुनरावेदन गर्न दिनेनदिने अन्तिम निर्णय उच्च अदालतको हातमा थियो । उच्चले भने अनुसूचीमा भएको प्रावधानका बारेमा मौन बसी सन्दीपलाई धरौटीमा बसेर पुनरावेदन गर्ने सुविधा दिएको हो ।
जिल्ला अदालतले पीडितको उमेर, पीडकको उमेर, घटना हुँदाको अवस्था, पीडकको सामाजिक हैसियत र पीडितलाई परेको मानसिक असर गरी पाँच कारण र आधार लिएर सन्दीपविरुद्ध सजाय निर्धारण गरेको थियो । त्यसअनुसार २ लाख जरिवाना र क्षतिपूर्तिबापत ३ लाख रुपैयाँ पीडकबाट भराउने फैसला जिल्ला अदालतले गरेको थियो ।
सीसीटीभी फुटेज, दुवै पक्षको बयान, बहस र प्राप्त प्रमाणहरूको विश्लेषण गर्दा गत वर्ष भदौ ५ मा सन्दीप र पीडित गौशाला एउटै गाडीमा नगरकोट गई राति गौशालाको होटलमा एउटै कोठामा बसेको पुष्टि भएको र पीडितको उमेर १८ वर्ष पुगेको देखिएको जिल्ला अदालतको फैसलामा उल्लेख छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












