सजाय कम भएको भन्दै सन्दीपविरुद्ध उच्चमा सरकारी वकिलको पुनरावेदन
काठमाडौं । बलात्कारको कसुरमा दोषी ठहर क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले गरेको सजाय कम भएको भन्दै सरकारका तर्फबाट उच्च अदालत पाटनमा पुनरावेदन भएको छ । उच्च सरकारी वकिलको कार्यालय पाटनले बुधबार दर्ता गरेको पुनरावेदनमा पीडित नाबालिका भए पनि उमेर पुगेको भनेर जिल्ला अदालतले गरेको कैद घटाउने फैसला त्रुटिपूर्ण भन्दै त्यसलाई उल्ट्याउनुपर्ने जिकिर छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपविरुद्धको मुद्दामा गत पुस २५ मा सुनाएको फैसलामा पीडित गौशाला २६ को उमेर १८ वर्ष मानिएको छ । त्यसकै आधारमा सन्दीपलाई ८ वर्ष कैद र ५ लाख रुपैयाँ जरिवानाको सजाए तोकिएको थियो । सजाय तोक्नुअघि पुस १३ मा लामिछानेलाई ढकालकै इजलासले बलात्कार कसुरमा दोषी ठहर गरेको थियो । आफूलाई कसुरबिनै सजाय गरेको भन्दै लामिछानेले फागुन १० मा नै जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदनको निवेदन दिएका थिए । उच्च अदालत पाटनले सन्दीपलाई जेल बाहिरै रहेर पुनरावेदन गर्ने सुविधा दिएको थियो ।
सुनुवाइका क्रममा धरौटी वा तारिखमा बसेको भए र १० वर्षभन्दा मुनिको कैद सजाय अदालतले तोकेको छ भने जिल्ला अदालतको फैसलाविरुद्ध थुनामै नबसीकन पुनरावेदन गर्न पाउने कानुनी सुविधा छ । सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतले तारिखमा छाड्ने निर्णय गरेको थियो ।
त्यसविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको इजलासले उनलाई २०७९ पुस २८ मा २० लाख रुपैयाँ धरौटीमा छाड्ने तर विदेश जान नपाउने आदेश जारी गरेको थियो । आफूलाई विदेश जान गरिएको प्रतिबन्धविरुद्ध सन्दीपले सर्वोच्चमा अर्को निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना मल्ल र कुमार चुडालको इजलासले विदेश जान लगाइएको रोक पनि फुकुवा गरेको थियो ।
यसरी, माथिल्ला अदालतबाट सन्दीपले धरौटीमा बस्ने सुविधा पाइसकेकाले र उनलाई १० वर्षभन्दा कम कैद सजाय भएकाले थुना बाहिरै बसेर पुनरावेदन गर्ने सुविधा प्राप्त भएको उच्च अदालत पाटनका रजिस्ट्रार मानबहादुर कार्कीले बताए । दुवै पक्षबाट पुनरावेदन परिसकेकाले अब उच्चले जिल्ला अदालतबाट मिसिल झिकाउने र मुद्दा पेसीमा चढ्नेछ । त्यसपछि दुवै पक्षलाई एकअर्काविरुद्ध परेको पुनरावेदनको सूचना दिने काम हुने कार्कीले बताए । ‘अनि बल्ल मुद्दा सुनुवाइको प्रक्रियामा जान्छ,’ कार्कीले भने ।
फौजदारी कार्यविधि संहिता अनुसूची १ को सूची नम्बर क ९१७० मा दफा २१९ को कसुरअनुसार जबर्जस्ती करणीमा सजाय पाएको व्यक्तिले धरौटीमा बसेर पुनरावेदन गर्न नपाउने उल्लेख छ । प्रावधानहरू बाझिएका हुनाले सन्दीपलाई धरौटीमा बसेर पुनरावेदन गर्न दिनेनदिने अन्तिम निर्णय उच्च अदालतको हातमा थियो । उच्चले भने अनुसूचीमा भएको प्रावधानका बारेमा मौन बसी सन्दीपलाई धरौटीमा बसेर पुनरावेदन गर्ने सुविधा दिएको हो ।
जिल्ला अदालतले पीडितको उमेर, पीडकको उमेर, घटना हुँदाको अवस्था, पीडकको सामाजिक हैसियत र पीडितलाई परेको मानसिक असर गरी पाँच कारण र आधार लिएर सन्दीपविरुद्ध सजाय निर्धारण गरेको थियो । त्यसअनुसार २ लाख जरिवाना र क्षतिपूर्तिबापत ३ लाख रुपैयाँ पीडकबाट भराउने फैसला जिल्ला अदालतले गरेको थियो ।
सीसीटीभी फुटेज, दुवै पक्षको बयान, बहस र प्राप्त प्रमाणहरूको विश्लेषण गर्दा गत वर्ष भदौ ५ मा सन्दीप र पीडित गौशाला एउटै गाडीमा नगरकोट गई राति गौशालाको होटलमा एउटै कोठामा बसेको पुष्टि भएको र पीडितको उमेर १८ वर्ष पुगेको देखिएको जिल्ला अदालतको फैसलामा उल्लेख छ ।
Comments
अरु समाचार
-
नेपाल-चीन मैत्रीपूर्ण महिला फुटबलः नेपालद्वारा चीन ३–१ गोल अन्तरले पराजित
काठमाडौं । नेपाल र चीनबीच भएको मैत्रीपूर्ण महिला फुटबलमा नेपालले जित हासिल गरेको छ । चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार...
-
आईसीसी महिला टी–२० विश्वकप क्रिकेट : जित्नैपर्ने दबाबमा नेपालले स्कटल्यान्डसँग भिड्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा नेपालले आज आफ्नो अन्तिम तथा निर्णायक खेलमा स्कटल्यान्डसँग खेल्दैछ । कीर्तिपुरको...
-
बंगलादेश टी-२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डले खेल्ने
काठमाडाैं सन् २०२६ को टी–२० विश्वकप क्रिकेटमा बंगलादेश सहभागी नहुने भएको छ। भारत र श्रीलंकामा हुने प्रतियोगितामा आफ्ना खेलाडी पठाउन...
-
नेपाली क्रिकेट टोली श्रीलंका ‘ए’सँग आज तेस्रो टी–२० अभ्यास खेल खेल्दै !
काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा जुटेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँग आज तेस्रो तथा अन्तिम अभ्यास टी–२०...
-
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित
काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ। नेपाल नेदरल्यान्ड्ससँग २ रनले पराजित...
-
आईसीसी महिला टी–२० विश्वकप छनोट : नेपाल थाइल्यान्डसँग पराजित
काठमाडौं । काठमाडौंमा आइतबारदेखि सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको आफ्नो पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।...
-
आईसीसी टी–२० विश्वकपका लागि नेपाली टोलीको बिदाइ
काठमाडौं । आगामी फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी हुन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको...
-
आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि नेपालको जर्सी सार्वजनिक !
काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप २०२६ मा नेपाली टोलीले लगाउने जर्सी सार्वजनिक गरिएको छ। सोमबार साँझ काठमाडौंमा आयोजित विशेष...
-
आईसीसी टी–२० विश्वकप ट्रफी वसन्तपुर, बौद्धनाथ र पोखरामा प्रदर्शनी हुने
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटको ट्रफी नेपालका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलहरूमा प्रदर्शन गरिने भएको छ। ट्रफी काठमाडौंको वसन्तपुर...











