आजको राशिफल : २०८० चैत ८ गते बिहीवार
मेष : परिवारजनको साथ–सहयोग प्राप्त हुनेछ। पछि लाभ हुने काम गर्न सकिनेछ। तत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ।
वृष: हिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ दिनेछन्। कृषि र उद्योगतर्फ मनग्य फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
मिथुन: विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला।
कर्कट: आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका आफन्तहरू नजिकिन सक्छन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
सिंह: जटिल कामले लोभ्याउनेछ तर खर्च पनि उत्तिकै लाग्न सक्छ। बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। देश–विदेशको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। छर–छिमेकमा केही असमझदारी देखिएला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। आफ्नाबाट भने टाढिनुपर्नेछ।
कन्या: आम्दानी बढ्नाले उत्साह जाग्नेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। विभिन्न स्रोत–साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा पनि फाइदै हुनेछ। मनग्य रकम हातलागी हुनेछ तर दायित्व पनि बढ्न सक्छ। सरसापटमा केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेत गर्दा लक्ष्यप्राप्ति हुनेछ।
तुला: पुरुषार्थी काम सम्पन्न गर्ने समय छ। प्रतीक्षा गरिएको नतिजाले उत्साह जगाउनेछ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर प्राप्त हुनेछ। कामले नाम, दाम र इनाम दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ।
वृश्चिक: धर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यापार(व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। विशेष अवसरले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विशेष अवसर दिलाउनेछ। समस्या र चुनौती समाप्त हुनेछन्। नाम र दाम हातलागी हुनेछ। योजना पूर्ण नभए पनि आर्थिक लाभ अवश्य हुनेछ।
धनु :परिस्थितिवश केही समस्यामा अल्झनुपर्ने देखिन्छ। अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अरूका विषयमा चासो लिँदा आफ्नो काम बिग्रन सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय बित्नेछ। कमजोर नतिजा सच्याउन दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दौडधुपले कमजोरी अनुभूति हुन सक्छ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ।
मकर: महत्त्वाकांक्षी योजनाले आकस्मिक यात्रा गराउन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। वादविवादमा अघि नसर्नुहोला। मिहिनेतले छोटो समयमा फाइदा दिलाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। मनग्य आम्दानी हुनेछ र सुविधाका वस्तु प्राप्त हुनेछन्।
कुम्भ: कामको चाप बढ्नेछ। केही दौडधुप गर्नु परे पनि फाइदा हुनेछ। भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो काम प्रारम्भ हुन सक्छ। पुरुषार्थी कामले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्नेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
मीन: प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
धार्मिक पर्यटन प्रवर्द्धनमा बराहक्षेत्र विकास समितिको सक्रियता, भेडेटार र धरानमा सम्पर्क कार्यालय स्थापना
विराटनगर । धार्मिक पर्यटन प्रवर्द्धन तथा तीर्थयात्रीलाई आवश्यक सूचना र सेवा सहज रूपमा उपलब्ध गराउन बृहत्तर बराहक्षेत्र विकास समिति चतराले...
-
वार्षिक प्रतिवेदन बुझाउने दिन अख्तियारको सचिवमा काली प्रसाद पराजुलीको पदस्थापन
काठमाडौं। कालीप्रसाद पराजुली सचिवमा बढुवा भएर अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पदस्थापन भएका छन् । नेपाल प्रशासन सेवाको सचिवमा बढुवा भएका...
-
किन छ विश्वकर्मा पूजाको महत्व ?
काठमाडौं । आज विश्वकर्मा पूजा मनाइँदैछ । हरेक वर्ष कन्या संक्रान्तिको दिन विश्वकर्मा पूजा गरिन्छ । यो दिन भगवान विश्वकर्माको...
-
धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
मुगु केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प
काठमाडौँ । मुगु केन्द्रबिन्दु भएर आज (बुधबार) बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार...












