बहराइनसँग नेपालको लगातार दोस्रो हार
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली बहराइनसँग लगातार दोस्रो खलमा पराजित भएको छ।
फिफा विश्वकप र एएफसी एसिया कप छनोटको दोस्रो चरण अन्तर्गत भएको दोस्रो खेलमा नेपाल बहराइनसँग ३-० ले पराजित भयो।
मंगलबार भएको समूह ‘एच’ अन्तर्गत बहराइन विरुद्धको अवे खेलमा नेपाल पूर्ण रुपमा दबाबमा रहेको थियो। रिफास्थित नेशनल स्टेडियममा पहिलो हाफमै खान पुगको ३ गोल नेपाललाई पराजित हुन पर्याप्त बन्यो। छनोट समूहमा नेपालको यो लगातार चौंथो हार हो। यसअघि घरेलु मैदानमा हुने खेल पनि नेपालले बहराइनकै मैदानमा खेलेको थियो। जुन खेलमा नेपाल ५-० ले पराजित भएको थियो।
समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहीन छ। लगातार चौथो हारसँगै समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ।
समूहमा यसअघि नेपाल युएईसँग उसकै मैदानमा गत नोभेम्बरमा ४-० ले पराजित भएको थियो भने नोभेम्बरमै भएको एमन विरुद्धको खेलमा पनि नेपाल घरेलु मैदानमा २-० ले पराजित भएको थियो। अब नेपालले युएईसँग ६ जुनमा प्रतिस्पर्धा गर्दा यमनसँग ११ जुनमा समूहको अन्तिम खेल खेल्ने छ।
बहराइन विरुद्ध नेपालका युवा खेलाडीले ‘डेब्यू’को अवसर भने निरन्तर पाए। डिफेन्डर विशाल बस्नेत बहराइन भ्रमणमा डेब्यू गर्ने पाँचौं खेलाडी बने। ६ नयाँ खेलाडी लिएर बहराइन पुगेको नेपालले पहिलो खेलमा चार र दोस्रो खेलमा एक गरी पाँच खेलाडीलाई ‘डेब्यू’ को अवसर दियो।
बस्नेतले खेलको ८४औं मिनेटमा छिरिङ लामाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यू गरे। अघिल्लो खेलमा अभिषेक लिम्बुले पहिलो रोजाईँमै डेब्यु गर्दा सौभाग्य राई, समिर तामाङ र सन्जिव विष्टले वैकल्पिक खेलाडीको रुपमा डेब्यु गरेका थिए।
लगातार खराब प्रदर्शनले विश्वकप छनोटको अघिल्लो चरणको सम्भावना सकिएको नेपालको एसियन कप छनोटको तेस्रो चरण भने खेल्न पाउने छ। समूहमा तेस्रो र चौंथो स्थानमा रहने टोलीले पनि एसियाकपको तेस्रो चरणको छनोट खेल्न पाउने भएकाले समूहमा रहेका चार टोली मध्ये अङ्क बिहीन भएपनि एसिया कप छनोटको तेस्रो चरण भने नेपालले खेल्न पाउने छ।
मंगलबारनै भएको खेलमा युएईले यमनलाई पराजित गर्दै दुई खेल अगावै शीर्ष दुईको यात्रा पक्का गर्यो। नेपाललाई दुई खेलमा हराएको बहराइन ३ जित र १ हरासहित ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। ४ खेलबाट ३ अंकसहित यमन तेस्रो स्थानमा छ।
बहराइन विरुद्धको दोस्रो खेलमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अघिल्लो खेलमा टिममा रहेका चार खेलाडी परिवर्तन गरेका थिए। अघिल्लो खेल खेलेका अन्जन विष्ट, मनिष डाँगी, सुमित श्रेष्ठ र हिसुब थपलियाको स्थानमा उनले भरत खवास, जिलेस्पी जंग कार्की, सन्जिव विष्ट र सौभाग्य राई खेलाए।
तर पहिलो हाफमा नेपाल लगातार गोल खान पुगेको थियो। खेलको सातौं मिनेटमा सायद महदी बाकेरले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए। कप्तान अब्दुल्लाह युसुफ हेलाले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। नेपालका कप्तान किरणले बल रोक्ने क्रममा बहराइनका मोहमद मारहुनलाई फल गरेपछि रेफ्रीले बहराइनलाई पेनाल्टी दिएका थिए।
पहिलो हाफमै ३-० को अग्रता बनाउने क्रममा बहराइनले ३६औं मिनेटमा कमिल अल-अस्वादले गोलमार्फत फराकिलो अग्रता लियो। काउन्टरमा प्राप्त बलमा कमिलले नेपाली डिफेण्डरहरुलाई बिट गर्दै गोलकिपर किरणसँगको वान भर्सेस वानमा सहज गोल गरे। दोस्रो हाफमा समालिएको नेपालले १ गोल फर्काएपनि अफसाइड घोषित भयो। यद्यपि नेपालमाथि बहराइनले निरन्तर दबाब भने बनाएको थियो।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












