बहराइनसँग नेपालको लगातार दोस्रो हार
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली बहराइनसँग लगातार दोस्रो खलमा पराजित भएको छ।
फिफा विश्वकप र एएफसी एसिया कप छनोटको दोस्रो चरण अन्तर्गत भएको दोस्रो खेलमा नेपाल बहराइनसँग ३-० ले पराजित भयो।
मंगलबार भएको समूह ‘एच’ अन्तर्गत बहराइन विरुद्धको अवे खेलमा नेपाल पूर्ण रुपमा दबाबमा रहेको थियो। रिफास्थित नेशनल स्टेडियममा पहिलो हाफमै खान पुगको ३ गोल नेपाललाई पराजित हुन पर्याप्त बन्यो। छनोट समूहमा नेपालको यो लगातार चौंथो हार हो। यसअघि घरेलु मैदानमा हुने खेल पनि नेपालले बहराइनकै मैदानमा खेलेको थियो। जुन खेलमा नेपाल ५-० ले पराजित भएको थियो।
समूहमा चार खेलमा पराजित भएको नेपाल अंक विहीन छ। लगातार चौथो हारसँगै समूहमा शीर्ष दुईमा रहेर विश्वकप छनोटको तेस्रो चरण र एएफसी एसियन कप २०२७ मा सिधै छनोट हुने नेपालको सम्भावना सकिएको छ।
समूहमा यसअघि नेपाल युएईसँग उसकै मैदानमा गत नोभेम्बरमा ४-० ले पराजित भएको थियो भने नोभेम्बरमै भएको एमन विरुद्धको खेलमा पनि नेपाल घरेलु मैदानमा २-० ले पराजित भएको थियो। अब नेपालले युएईसँग ६ जुनमा प्रतिस्पर्धा गर्दा यमनसँग ११ जुनमा समूहको अन्तिम खेल खेल्ने छ।
बहराइन विरुद्ध नेपालका युवा खेलाडीले ‘डेब्यू’को अवसर भने निरन्तर पाए। डिफेन्डर विशाल बस्नेत बहराइन भ्रमणमा डेब्यू गर्ने पाँचौं खेलाडी बने। ६ नयाँ खेलाडी लिएर बहराइन पुगेको नेपालले पहिलो खेलमा चार र दोस्रो खेलमा एक गरी पाँच खेलाडीलाई ‘डेब्यू’ को अवसर दियो।
बस्नेतले खेलको ८४औं मिनेटमा छिरिङ लामाको स्थानमा मैदान प्रवेश गर्दै डेब्यू गरे। अघिल्लो खेलमा अभिषेक लिम्बुले पहिलो रोजाईँमै डेब्यु गर्दा सौभाग्य राई, समिर तामाङ र सन्जिव विष्टले वैकल्पिक खेलाडीको रुपमा डेब्यु गरेका थिए।
लगातार खराब प्रदर्शनले विश्वकप छनोटको अघिल्लो चरणको सम्भावना सकिएको नेपालको एसियन कप छनोटको तेस्रो चरण भने खेल्न पाउने छ। समूहमा तेस्रो र चौंथो स्थानमा रहने टोलीले पनि एसियाकपको तेस्रो चरणको छनोट खेल्न पाउने भएकाले समूहमा रहेका चार टोली मध्ये अङ्क बिहीन भएपनि एसिया कप छनोटको तेस्रो चरण भने नेपालले खेल्न पाउने छ।
मंगलबारनै भएको खेलमा युएईले यमनलाई पराजित गर्दै दुई खेल अगावै शीर्ष दुईको यात्रा पक्का गर्यो। नेपाललाई दुई खेलमा हराएको बहराइन ३ जित र १ हरासहित ९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। ४ खेलबाट ३ अंकसहित यमन तेस्रो स्थानमा छ।
बहराइन विरुद्धको दोस्रो खेलमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले अघिल्लो खेलमा टिममा रहेका चार खेलाडी परिवर्तन गरेका थिए। अघिल्लो खेल खेलेका अन्जन विष्ट, मनिष डाँगी, सुमित श्रेष्ठ र हिसुब थपलियाको स्थानमा उनले भरत खवास, जिलेस्पी जंग कार्की, सन्जिव विष्ट र सौभाग्य राई खेलाए।
तर पहिलो हाफमा नेपाल लगातार गोल खान पुगेको थियो। खेलको सातौं मिनेटमा सायद महदी बाकेरले गोल गर्दै बहराइनलाई अग्रता दिलाएका थिए। कप्तान अब्दुल्लाह युसुफ हेलाले १८औं मिनेटमा पेनाल्टीमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाए। नेपालका कप्तान किरणले बल रोक्ने क्रममा बहराइनका मोहमद मारहुनलाई फल गरेपछि रेफ्रीले बहराइनलाई पेनाल्टी दिएका थिए।
पहिलो हाफमै ३-० को अग्रता बनाउने क्रममा बहराइनले ३६औं मिनेटमा कमिल अल-अस्वादले गोलमार्फत फराकिलो अग्रता लियो। काउन्टरमा प्राप्त बलमा कमिलले नेपाली डिफेण्डरहरुलाई बिट गर्दै गोलकिपर किरणसँगको वान भर्सेस वानमा सहज गोल गरे। दोस्रो हाफमा समालिएको नेपालले १ गोल फर्काएपनि अफसाइड घोषित भयो। यद्यपि नेपालमाथि बहराइनले निरन्तर दबाब भने बनाएको थियो।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












