सनराइजर्स हैदरावादले आईपीएल इतिहासकै ठूलो रन स्कोर बनायो
काठमाडौं । इन्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावादले आईपिएल इतिहासकै सबैभन्दा ठुलो २७७ रनको स्कोर बनाएको छ। हैदरवादले आरसीबीले सन् २०१३ मा बनाएको २६३ रनको सर्वाधिक ठुलो स्कोरलाई तोड्दै नयाँ इतिहास बनाएको हो। बुधबार राति राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले तीन विकेटको क्षतिमा २७७ रन बनाएको हो। हैदरावादले दिएको २७८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बई इण्डियन्स ३१ रनले पराजित भएको छ। मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २४६ रन बनायो।
विशाल रनको लक्ष्य पछ्याउको मुम्बईका लागि तिलक बर्माले शानदार अर्धशतक बनाए। उनले ३४ बलमा २ चौका र ६ छक्कासहित ६४ रन जोडेका हुन्। मुम्बईका टिम डेविड ४२ रन र रोमारियो शेफर्ड १५ रनमा अविजित रहे। मुम्बईले पहिलो विकेट ५६ रन बनाउँदा गुमाएको थियो। मुम्बईका लागि इशन किसन १३ बलमा ३४ रन बनाएर पहिलो विकेटको रुपमा क्याच आउट भए। उनले १३ बलमा २ चौका र ४ छक्कासहित ३४ रन जोडे।
अर्का ओपनर रोहित शर्मा पाँचौँ ओभरको तेस्रो बलमा अभिषेक शर्माबाट क्याच आएट भए। आउट हुनुअघि रोहितले १२ बलमा १ चौका र ३ छक्कासहित २६ रन बनाए। मुम्बईको इनिङ्समा नमन धीर र तिलक बर्माले तेस्रो विकेटका लागि ११६ रनको साझेदारी गरे। ११ औं ओभरमा नमन ३० रनमा आउट भए। राम्रो फममा खेलिरहेका लितक १५औँ ओभरमा क्याच आउट भए। कप्तान हार्दिक पाण्ड्या २० बलमा १ चौका र १ छक्कासहित २४ रन बनाएर क्याच आउट भए।
हैदरावादका जयदेव उनादकट र प्याट कमिन्सले २–२ विकेट लिए भने शाहबाज अहमदले १ विकेट हात पारे। मुम्बईविरुद्ध शानदार अर्धशतक बनाएका हैदरवादका अभिषेक शर्मा, ट्रेबिस हेड र हाइनरिक क्लासन ।यसअघि सुरुमा ब्याटिङ गर्दै विशाल रनको लक्ष्यका लागि हैदरवादका हाइनरिक क्लासनले अविजित सर्वाधिक ८० रन बनाए। ३४ बल खेलका उनले ४ चौका र ७ छक्का प्रहार गरे भने एडन मारक्रमले २८ बलमा २ चौका र १ छक्कासहित अविजित ४२ रन जोडे।
हैदरावादले पहिलो विकेटको रुपमा पाँचौँ ओभरको पहिलो बलमा मयंक अग्रवाललाई गुमाएको थियो। उनी ११ रनमा हार्दिक पाण्ड्याको बलमा टिम डेविडबाट क्याच आउट भएका हुन्। ट्रेविस हेड र अभिषेक शर्मा तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे। हेड आठौँ ओभरको पाँचौँ बलमा ६२ रन बनाएर आउट भए। उनले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रन जोडेका हुन्।
अभिषेक शर्मा २३ बलमा ६३ रन बनाएर ११औँ ओभरको अन्तिम बलमा नमन धीरको बलमा क्याच आउट भए। शर्माले २३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। मुम्बईका हार्दिक पाण्ड्या, जेराल्ड कट्जी र पियुष चावलाले १–१ विकेट लिए। यो सिजनको आईपिएलमा पहिलो शानदार र ऐतिहासिक जित निकाल्दै हैदरावादले दुई अंक जोडेको छ। मुम्बई भने दुई खेल खेल्दा अंकबिहीन छ।
Comments
अरु समाचार
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट स्वीकृत
काठमाडौं । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई नेकपा एमालेको सचिवालय बैठकले औपचारिकता दिएको छ । सोमवार च्यासलस्थित पार्टी...












