इन्डियन प्रिमियर लिग : लखनउको दोस्रो जित
काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आइपिएल)मा लखनउ सुपर जायन्ट्सले प्रतियोगितामा दोस्रो खेलमा पहिलो जित निकाल्दा पञ्जाब किंग्सले भने तेस्रो खेलमा दोस्रो हार भोगेको छ।
शनिबार राति भएको खेलमा लखनउले दिएको २ सय रनको लक्ष्य पछ्याएको पञ्जाब १ सय ७८ रनमा समेटियो।
टस जितेर पहिले ब्याटिङ गरेको लखनउका लागि क्विन्टन डीककले ५४ रनको अर्धशतकीय इनिङ खेल्दा कप्तान निकोलस पुरनले २१ बलमा ४२ रनको विष्फोटक इनिङ खेले।
त्यस्तै, २२ बलमा ४३ रन बनाएका कुर्न पाण्ड्या अविजित रहे। थप दोहोरो स्कोरका रूपमा मार्कुस स्टोइनिस १९ रन बनाउँदा केएल राहुलले १५ रन बनाए। पञ्जावका लागि साम करनले ३ विकेट लिँदा अर्शदीप सिंहले २ तथा कागिसो रबडा र राहुल चहरले समान १-१ विकेट लिए।
२ सय रनको लक्ष्य पछ्याएको पञ्जावले राम्रो सुरुवात गरेपनि पछिल्लो क्रमले रन जोड्न नसक्दा पराजित भयो। शिखर धवनले ७० रन बनाउँदा जोनी ब्यारिस्टोले ४२ रन बनाए। पहिलो विकेटका लागि १ सय २ रनको साझेदारी गरेका थिए।
त्यसपछि क्रिजमा आएका प्रभसिम्रन सिंहले १९ रन बनाउँदा लियम लिभिङस्टोनले २८ रनको नटआउट इनिङ खेलेका थिए। पञ्जाबसमक्ष कसिलो बलिङ गर्ने क्रममा आइपिएलमा डेब्यु गरेका मंयक यादवले ३ विकेट लिए भने मोचसिन खानले २ विकेट हात पारेका थिए।
आइपिएलअन्तर्गत आज डबल हेडर खेलहरू हुँदैछन्। जसमा पहिलो खेलमा गुजरात टाइटन्स र सनराइजर्स हैदराबादबीच दिउँसो ३:४५ मा प्रतिस्पर्धा हुँदा अर्को खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सपुर किंग्सबीच राति ७:४५ मा खेल हुने छ।
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












