क्रान्तिकारीहरू सत्ताको चास्नीमा डुबे, रूपान्तरणको काम अधूरै रह्योः डा. भट्टराई
काठमाडाैँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जालमार्फत नयाँ पुस्तालाई सम्बोधन गर्दै उनले यही कारण देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रहेको बताएका छन् ।
युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेको उनको भनाइ छ । ‘इतिहासको नियमैअनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए ! देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो ! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्,’ उनले भनेका छन्, ‘बाबुरामहरूजस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौं र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन् ! तर त्यो अरण्यरोदन बनिरहेछ !’
यस्तो छ बाबुरामको टिप्पणी
नयाँ पुस्तालाई थाहा नहुन सक्छ! तर मलाई झलझली सम्झना छ- देशको अहिलेको राजनीतिक अवस्था करीब करीब २०३३/०३४ सालको निरंकुश पन्चायती कालरात्री जस्तो छ! मण्डलेतन्त्रको बिगबिगी थियो।जनतामा चरम निराशा थियो।प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए।बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरू राजासंग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाल आफ्नै साथीहरूबाट ‘गद्दार’ घोषित भएर एक्लिएका थिए!
दिनदिनै रेडियोबाट समाचार आउॅथ्यो- आज प्रनेका ( प्रतिबन्धित नेपाली कांग्रेस) का महामन्त्री पंचायत प्रवेश गरे! भोलि प्रनेकपा ( प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी) का पोलिटब्युरो सदस्य पंचायत प्रवेश गरे! आदि इत्यादि ! मान्छे जिब्रो टोकेर कानेखुशी गर्थे – राजाको निरंकुश ‘पंचायती प्रजातन्त्र’ सय बर्ष टिक्नेभयो!
अर्को बर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए! राजनीति अलि खुकुलो भयो पार्टी छोडेर पन्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले! फेरि पनि जनमत संग्रहमा बहुदललाई धाँधली गरेर हराइयो!
पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिॅएकै अवस्थामा ‘गद्दार’ कै पगरी भिरेर संसारबाट विदा भए! बिपीले केही बर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे।
दशबर्षभित्र अर्को जनआन्दोलन उठ्यो । बहुदल पुनर्स्थापना भयो। कांग्रेस र कम्युनिष्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाळ सजिए।
परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाँ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो! दश बर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन/मधेसविद्रोहलगायत संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो!
तर इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाॅ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए! देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन्। बाबुरामहरू जस्ता केही ‘मूर्ख’हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरैौ र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन्! तर त्यो अरण्यरोदन बनिरहेछ!
के इतिहासको गति रोकिन्छ त? भनिन्छ- History repeats, because men repeat their mistakes ! गल्ति सच्याऊॅ, इतिहास दोहोरिन नदिऊॅ!
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












