ताजा समाचार

‘एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको घटनाक्रमलाई उदृत गर्दै एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको आरोप लगाएका हुन् ।

अध्यक्ष ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको समेत आरोप लगाएका छन् । ओलीले एकीकृत समाजवादीले आन्तरिक रुपमा बार्गेनिङ गरिरहेको बताउँदै आइतबार बाहिर नै प्रकट गरेको टिप्पणी गरे ।

ओली आफ्नो सम्बोधनमा एकीकृत समाजवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले एकीकृत समाजवादीले कम्युनिष्ट साइन बोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org