जनताको चाहना पूरा गर्न प्रतिबद्ध छौँ : अध्यक्ष ओली
काठमाडाैं। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा हुने बताएका छन् ।
उनले जनताको विकासप्रतिको चाहना पूरा गर्न सधैँ प्रतिबद्ध रहेको जनाउँदै यस्तो बताएका हुन् । बिहीबार झापाको गौरादहमा भएको कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार तथा समीकरण जनहितका लागि बनेकाले जनताको अपेक्षाअनुसार काम गर्ने चर्चा गरे ।
विकासका कामहरू अधुरा नै रहेको जनाउँदै उनले त्यस्ता अधुरा विकासका कामहरू अब पूरा हुँदै जाने बताए । मूलकको विकास नचाहने शक्तिहरू अहिले पनि एमाले र वर्तमान समीकरणविरुद्धमा लागिरहेको पनि उनले बताए । “हामी काममा विश्वास गर्छौँ, जनताको अपेक्षाअनुसार अघि बढ्छौँ” उनले भने । एमालेले कसरी काम गर्छ भन्ने सबै जनताले महसुस गरेको उनले बताए ।
आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ का सबै अधुरा कामलाई पूरा गर्न आफू लाग्ने प्रतिबद्धता उनले जनाए । ओली प्रधानमन्त्री हुँदा निर्वाचन क्षेत्रमा ल्याइएका विभिन्न योजना अलपत्र छन् । स्थानीयले विकास योजनाको विषयमा जिज्ञासा राखेका थिए ।
उपनिर्वाचनमा लाग्न आग्रह
इलाममा हुन लागेको उपनिर्वाचनमा सूक्ष्म तवरले एकताबद्ध भएर लाग्न अध्यक्ष ओलीले निर्देशन दिए । इलाम क्षेत्र नं. २ को निर्वाचन परिचालन समितिका पदाधिकारी तथा सदस्यहरू र पार्टीका स्थानीय अगुवा नेतालाई सो निर्देशन दिए ।
एमाले उपाध्यक्ष, यस क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि वैशाख १५ गते इलाम क्षेत्र नं. २ मा उपनिर्वाचन हुँदैछ । नेम्वाङका छोरा सुहाङलाई एमालेले प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनाएको छ । स्व. नेम्वाङको सपना पूरा गर्न सुहाङलाई जिताउन लाग्न उनले निर्देशन दिए ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












