भ्रष्टाचार मुद्धाको पूर्णपाठ नआउँदै मरासिनीलाई अर्थको साँचो, मुख्यसचिवको शंकास्पद भूमिका
काठमाडौं । नेसनल पेमेन्ट गेटवे सिस्टम भ्रष्टाचार मुद्दामा फैसलाको पूर्णपाठ नआउँदै मधुकुमार मरासिनी अर्थसचिव बनेका छन् । शुक्रबार मात्र उक्त भ्रष्टाचार मुद्दामा सफाइ पाएका उनी रातारात अर्थसचिव बन्न सफल भएका छन् । बजेटको मुखमा अर्थसचिव फेर्न नहुने अडान राख्दै आएका मुख्यसचिव डा। बैकुण्ठ अर्याल पनि मधुको हकमा साखुल्ले बनेका हुन् ।
नेसनल पेमेन्ट गेटवे सिस्टम खरिद भ्रष्टाचारमा बैशाख २५ गते सजाय निर्धारण हुँदैछ । उक्त भ्रष्टाचार मुद्दामा सुनिल पौडेल दोषी ठहर भएपनि मरासिनीसहित अन्य सबैले सफाइ पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनिल र मरासिनीसहित ९ जनाविरुद्ध गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दा ६ महिनामै फास्ट ट्रयाकबाट फैसला भएर सुनिलबाहेकका सबैले सफाइ पाएका हुन् । मरासिनीले जसरी फास्ट ट्रयाकमा विशेष अदालतबाट सफाइ पाए त्यसैगरी कृष्णहरि पुष्कर कर्णलाई विस्थापित गरेर फास्ट ट्रयाकमा अर्थसचिव बनेका छन् । उनी विशेषको फैसलाको पूर्णपाठ पनि नकुरी हतारमा अर्थसचिव बनेपछि आलोचना हुन थालेको छ ।
स्रोतका अनुसार कृष्णहरिलाई हटाएर अर्जुनप्रसाद पोखरेललगायत अर्थसचिव बन्न खोज्दा मुख्यसचिव अर्यालले बजेटको मुख्य अर्थसचिव फेर्न नहुने अडान राखेका थिए । पुष्करलाई हटाउन लागिपरेका अर्थमन्त्री बर्षमान पुन पनि मुख्यसचिव अर्याल कै कारण ‘ब्याक’ भएको र बजेट निर्माणको काम सम्पन्न नभएसम्मका लागि उनैलाई राख्न राजी भएको चर्चा चल्दै आएको छ । तर, मधुले सफाइ पाउनेबित्तिकै उनै मुख्यसचिव अर्याल अर्थसचिव सरुवाको पत्रमा हस्ताक्षर गर्न आतुर भए । यसले उनको भूमिका समेत शंकास्पद देखिन्छ ।
टेरामक्स खरिदलगायतका काण्डमा अख्तियार पुगेर बयान दिइरहेका मुख्यसचिव अर्याल मधुको पक्षमा खुलेरै लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चर्चा छ । यो कदमले अख्तियारलाई समेत चुनौती दिएको जस्तो देखिने प्रधानमन्त्री कार्यालयका अधिकारीहरु बताउँछन् । सुशासन र वित्तीय अनुशासनमाथि नै प्रश्न खडा हुने गरी मधुलाई अर्थसचिव बनाइएकोमा अख्तियारका अधिकारीहरुले पनि असन्तुष्टि प्रकट गरेका छन् ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












