धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
काठमाडौ । धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । धुलिखेलको खेल मैदानमा हुने छैटौँ सहाना प्रधान स्मृति हक्की प्रतियोगिताको तयारी पुरा भएको हक्की सङघ काभ्रेपलाञ्चोकले जनाएको छ । पाँच दिन सञ्चालन हुने प्रतियोगितामा प्रदेशस्तरका पाँच समूहका ९० खेलाडी सहभागी हुनेछन् ।
प्रति समूह १६ खेलाडी र दुईजना अफिसियल सहभागी हुने हक्की सङ्घका जिल्ला अध्यक्ष स्वस्तिक ब्याञ्जूले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल आर्मी, बागमती, गण्डकी, लुम्बिनी, मधेश र सुदूरपश्चिम प्रदेशका खेलाडीको सहभागिता रहने जनाइएको छ । नेपाल आर्मीका तर्फबाट एक सय २० जना सहभागी हुनेछन् ।
सहभागी टिमलाई दुई समूहमा विभाजन गरी ‘लिग कम नकआउट’ आधारमा खेलाइने छ । यस्तै समूह चरणबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सङ्घका केन्द्रीय अध्यक्ष अनिल शर्माले प्रतियोगिताको विजेतालाई रु एक लाख, उपविजेतालाई रु ७५ हजार र तेस्रो हुनेलाई रु ५० हजार नगद पुरस्कार प्रदान गरिने बताउनुभयो ।
हरेक खेलका ‘प्लेयर अफ द म्याच’ले रु पाँच हजार नगद पाउनेछन् । उत्कृष्ट डिफेन्डर, गोलरक्षक, सर्वाधिक स्कोरकर्ता र उदीयमान खेलाडीले जनही रु १० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनार्थ राष्ट्रिय खेलकुद परिषद्, धुलिखेल नगरपालिका र विभिन्न संस्थाले सहयोग गरेको छ ।
यसैबीच अन्तर्राष्ट्रियस्तरको हक्की स्टेडियम निर्माण गर्न धुलिखेलमा जग्गा व्यवस्थान गरिने भएको छ । त्यसका लागि नगरपालिकाले वडा नं १२ स्थित खेल मैदान उपलब्ध गराउने नगरप्रमुख अशोक ब्याञ्जूले बताउनुभयो । बागमती प्रदेशस्थित खेलकूद विकास परिषद्ले स्टेडियमको विस्तृत परियोजना प्रतिवेदन ९डिपीआर० निर्माण गरिरहेको छ ।
शर्माका अनुसार तीन वर्षमा तीन चरणमा स्टेडियम निर्माण हुनेछ । स्टेडियमको पहिलो चरणमा ग्राउन्ड, दोस्रोमा प्याराफिट र अन्तिममा ‘होस्टेल’ निर्माण हुनेछ । स्टेडियम करिब रु ८० करोडमा तयार हुने अनुमान गरिएको छ ।
Comments
अरु समाचार
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...
-
पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश, क्रोएसियालाई २–१ ले गर्यो पराजित
काठमाडौँ । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा...












